Logo

यस्ता छन् उद्योग मन्त्री जोशीले गरेका सुधार

यस्ता छन् उद्योग मन्त्री जोशीले गरेका सुधार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले गत भदौ १० गतेदेखि उद्योग मन्त्रालयमा कार्यभार सम्हालेका थिए । यसवीचमा  उद्योगसंग सम्वन्धित विभिन्न ऐन नियम बन्नुका साथै बन्द रहेका सरकारी उद्योग सञ्चालनमा आए । त्यतीमात्र होइन नेपालमा लगानीका लागि १४ खर्व बराबरको लगानीको प्रतिवद्धता समेत भित्रिएको छ ।

उद्योगहरुको कूल उत्पादन क्षमता गत बर्ष ३९.५ प्रतिशत रहेकोमा चालु आवमा ५४.२४ प्रतिशत पुगेको छ । उद्योगहरुले पछिल्लो ५ बर्षको तुलनामा चालु आवमा सबैभन्दा बढी क्षमता उपयोग गरेको केन्द्रीय तथ्यांक विभागको तथ्यांक छ । आफ्नो १० महिनाको कार्यकालमा उद्योग मन्त्री जोशीले उद्योग प्रशासनदेखि संरचनागत प्रक्रियाका साथै नीतिगत सुधार गरेका छन् ।

मन्त्रालयबाट उद्योग प्रशासन क्षेत्रमा गरिएका सुधारका कारण औद्योगिक क्षेत्रहरुको सकारात्मक छवि बढ्न गएको मन्त्री जोशीको भनाई छ । उद्योग मन्त्री जोशीको विशेष पहलमा नेपाल औषधि लिमिटेड पुन सञ्चालनमा ल्याइ औषधि उत्पादन शुरु गरिएको छ । यसबाट सरकारी उद्योगहरुमा नयाँ आशा पैदा भएको मन्त्री जोशी बताउँछन् ।

त्यस्तै विशेष आर्थिक क्षेत्र ऐन २०७३ जारी गरिएको थियो । यसवीचमा भैरहवा सेजमा १९ ओटा उद्योग स्थापनाका लागि लगानीकर्तासँग सम्झौता भएको छ । भैरहवा सेजमा रु ७ अर्व लगानीको प्रतिवद्धता प्राप्त भएको हो । विशेष आर्थिक क्षेत्र नियमावलीको मस्यौदा तयार गरी मस्यौदा माथी कानुनी रायको लागि कानुन न्याय तथा संसदिय मन्त्रालयमा पठाईएको मन्त्री जोशीले जानकारी दिए ।

त्यस्तै सिमरामा गार्मेन्ट प्रोसेसिङ क्षेत्र निर्माण कार्यको थालनी भएको छ । उद्योग मन्त्रालयले पाँचखालमा सेज निर्माणको लागि गुरु योजना तयार गर्ने तथा वातावरण प्रभाव मूल्याङकन सम्पन्न गरेको छ । एक प्रदेश एक सेज निर्माण गर्ने कार्य समेत अगाडी बढाएको मन्त्री जोशीले बताए ।

नेपाल र चीन बीच क्रस बोर्डर कोर्डर सेज निर्माण गर्न द्ई देश बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मन्त्रालयले भौगर्भिक अनुशान्धान एवं खानी तथा खनिजजन्य बस्तुहरुको अन्वेषण र विकासमा समेत हात अघि बढाएको थियो । जसअनुसार नवलपरासीस्थित धौवादी क्षेत्रको पश्चिमी भागमा क्षेत्रमा थप फलाम खनिज अन्वेषण गरि पोखरी क्षेत्रमा १०५.२ मी ड्रिलिङ अन्वेषण कार्य सम्पन्न भएको छ । र सो कार्यको मन्त्रीस्तरबाट अनुगमन निरीक्षण कार्यसमेत भएको छ ।

उद्योग मन्त्री जोशीका अनुसार धौवादी फलाम खानी पहँच मार्गको लागि सडक विभागलाई अख्तियारी दिई सडक सर्भे कार्य सञ्चालनमा रहेको छ । उद्योग मन्त्री नवीन्द्रराज जोशीका कार्यकालमा मन्त्रालय सम्बद्ध सार्बजनिक संस्थानका निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति सम्बन्धि मापदण्ड , २०७३ नेपाल सरकार, मन्त्रिपरिषदबाट स्वीकृत भई लागु भएको छ । मापदण्ड बमोजिम मन्त्रालय अन्तर्गतका सार्बजनिक संस्थानका निकायका पदाधिकारीहरुको नियुक्तिका लागि छनोट सम्बन्धी कार्यविधी २०७३ स्वीकृत भएको छ ।

त्यस्तै हेटौडा कपडा उद्योगको पुन संचालनका लागि सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन भई प्रतिबेदन प्राप्त भएको बताएको छ । प्रतिबेदनले सिफारिस गरेका बिषयहरु कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयको सहमति माग भएको छ ।हेटौडा तथा उदयपुर सिमेन्ट उद्योगको स्तरउन्नतिका लागि सम्भाव्यता अध्ययन भईरहेको मन्त्री जोशीले जानकारी दिए । बीरगञ्ज चिनी कारखाना र बुटवल धागो कारखाना लिज मोडेलमा संचालन गर्ने गरी मन्त्रिपरिषदबाट निर्णय भई प्रक्रिया शुरु भएको छ ।

त्यस्तै नेपाल ओरियन्ट म्याग्नेसाइट संचालनको प्रकृया अघि बढाईएको छ । रसुवामा रहेको जस्ता तथा सीसा खानी उद्योग लामो समयसम्म संचालन हुन नसकेकोमा यस उद्योगको संचालन गर्ने कम्पनी नेपाल मेटल कम्पनी लिमिटेडमा वैदेशिक लगानी आकर्षित गरी यस उद्योगलाई संचालनमा ल्याउने तयारी गरिएको छ । यसका लागि इच्छुक लगानीकर्ताको लगानी सुनिश्चितताको लागि वाणिज्य मन्त्रालय, अर्थ मन्त्रालय तथा अन्य सरोकारवालाहरु निकायका प्रतिनिधि समेत राखि तयारी कार्य अगाडी बढाइसकेको छ ।

उद्योग मन्त्रालयले यसवीचमा नीतिगत तथा कानुनी सुधार गरेको छ । जसअनुसार राष्ट्रिय बौद्दिक सम्पत्ती नीति, २०७३ मन्त्रिपरिषदबाट स्वीकृत भइ ऐन निर्माण गर्न सैद्धान्तिक सहमतिका लागी कानुन मन्त्रालयमा गएको छ । बिशेष आर्थिक क्षेत्र ऐन ,२०७३ जारी भएको ,औद्योगिक व्यवसाय ऐन,२०७३ जारी भएको ।
कम्पनी ऐन, २०६३ को संशोधन बिधेयक व्यवस्थापिका संसदबाट पारित भएको छ । त्यस्तै खानी तथा खनिज पदार्थ नियमावलीको चौथो संशोधन भएको छ ।पेट्रोलियम नियमावली स्वीकृत भै कार्यान्वयनको चरणमा रहेको मन्त्री जोशीले जानकारी दिए । मन्त्रालयले पेट्रोलियम अन्वेषणका लागि ग्लोवल टेण्डर आब्हान गरिसकेको छ ।

उद्योगी व्यवसायी तथा सरोकारवालालाई सूचना प्रबाह गर्न बिराटनगर, बिरगंज, पोखरा, भैरहवा, नेपालगञ्ज तथा धनगढीमा लगानीकर्तालाई सूचना प्रवाह गर्न केन्द्रको स्थापना गर्ने कार्य अगाडी बढाईएको छ । उद्योग विभाग र कम्पनी रजिष्टारको कार्यालयबीच अनलाइन इन्टिग्रेसन भई कार्य अगाडी बढाइसकेको छ । उद्योग मन्त्रालयले एलपीजी सम्बन्धि नेपाल गुणस्तर ५३३ लाई अनिवार्य गर्न मन्त्रिपरिषदबाट स्वीकृत भई राजपत्रमा सूचना प्रकाशन भएको छ ।

उद्योग मन्त्रालयले फागुन १९गते अन्तराष्ट्रिय लगानी सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा उर्जा, पूर्वाधार विकास, पर्यटन,खानी, हस्पिटल लगाएतका क्षेत्रमा लगानी गर्नको लागी १४ खर्वको प्रतिवद्धता आएको छ । लगानी सम्मेलनबाट विदेशी लगानीकर्ताहरुले गरेको प्रतिवद्धता अनुरुप उक्त कार्यहरुको कार्यान्वयनका लागि फलो अप कमिटि निर्माण गरी कार्य अगाडी बढाईएको छ ।

नेपाल आँखा कार्यक्रमले उत्पादन गरिरहेको आँखाको लेन्स उत्पादन कार्यक्रमलाई सघाउन उद्योग मन्त्रालयले सहयोग गर्ने सहमति भएको छ ।
उद्योग मन्त्रालयले लेन्स उद्योगलाई राष्ट्रिय प्राथमिकताको उद्योगको रुपमा स्थापित गर्न आवश्यक सहजिकरण गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL