Logo

लगानीकर्ताको आशा विपरित नेप्सेको गति, किन ओरालो लाग्दैछ परिसुचक !

लगानीकर्ताको आशा विपरित नेप्सेको गति, किन ओरालो लाग्दैछ परिसुचक !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय निकायको निर्वाचनसँगै नेप्से परिसुचकले गति लिने आशा गरेपनि ठिक त्यसको विपरित ओरालो लागेको छ । स्थानीय निकायको चुनाव भएसँगै सामान्य रुपमा ओरालो लागेको नेप्से परिसुचक साताको पहिलो दिन आज दोहोरो अंकले घटेको छ ।

बजार खुलेको केही समय सामान्य उकालो लागेको नेप्से परिसुचक त्यता लगातार ओरालो लाग्दै १६ दशमलव ६३ अंकले गिरावट आएको छ । आइतबार नेप्से परिसुचक १ हजार ६ सय २७ अंकमा झरेर अडिएको छ ।

यस अघि नै नेप्से परिसुचक उच्च अंक छोएका कारण चुनावी माहोलले पनि बृद्धि नभएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष डा.आत्माराम घिमिरे बताउँछन् । ‘चुनाव हुँदैमा नेप्से परिसुचक बढ्छ भन्ने होइन,’ उनले भने, ‘यस अघि नेप्से उच्च अंकमा पुगिसकेको र अब तत्काल बढ्नुपर्ने कुनै कारण छैन ।’ साथै बैंक ब्याजदर अझै बढ्दो क्रममा रहेकाले तत्काल बजार नबढ्ने समेत उनको तर्क थियो ।

पछिल्लो समय बजारमा सेयरको चाप बढेका कारण अझै घट्न सक्ने सम्बद्ध लगानीकताहरु बताउँछन् । बजार भनेको माग र पूर्तिको सिद्धान्तमा चल्ने हुँदा पछिल्लो समय बजारमा हकप्रद र बोनस सेयर सुचिकृत हुँदा त्यसको असर बृद्धिमा पर्न गएको समेत उनीहरुको भनाइ छ ।
स्थानीय निकायको निर्वाचनसँगै बजारमा कारोवार कममा पनि गिरावट आएको छ । दैनिक १ अर्ब रुपैयाँ बराबरको सेयर खरिदबिक्री हुने गरेकोमा पछिल्लो समय ५० करोड रुपैयाँमा सिमित हुन पुगेको छ । बजारमा आइतबार पनि ६७ करोड रुपैयाँ बराबरको मात्र सेयर खरिदबिक्री भएको छ । दिनभर कुल १ सय ४६ कम्पनीको ११ लाख ८७ हजार कित्ता सेयर किनबेच भएको छ ।

आइतबार बजारमा कुनै पनि कम्पनीको सवा ४ करोड रुपैयाँभन्दा बढीको कारोवार हुन सकेको छैन । जसमा सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनीको ४ करोड १५ लाख रुपैयाँको सेयर किनेबेच भएको छ भने अन्य कम्पनीको ३ करोड रुपैयाँभन्दा कम नै रहेको छ ।

आइतबार बजारमा उत्पादनमुलक समुह र अतिरिक्त समुह बाहेक अन्य सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी बीमा समुहको परिसुचक १ सय ४ अंकले घटेको छ भने बजारमा सबैभन्दा बढी प्रभाब रहेको बैंकिङ समुहको परिसुचक पनि १८ दशमलव ६९ अंकले घट्न पुगेको छ । होटल समुह झण्डै ५० अंकले घट्दा विकास बैंक समुह १५ र जलविद्युत २२ अंकले घटेको छ भने फाइनान्स समुह साढे ६ अंकले ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL