Logo

असारदेखि थप ८ जिल्लामा स्वास्थ्य बीमा, २५ सयमा ५० हजारको सुविधा

असारदेखि थप ८ जिल्लामा स्वास्थ्य बीमा, २५ सयमा ५० हजारको सुविधा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले असारदेखि थप ८ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम संचालनमा ल्याउने भएको छ । यस अघि ८ जिल्लामा सो कार्यक्रम संचालन गर्दै असार पछि थप ८ जिल्लामा संचानल गर्न लागिएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जानकारी दिएको छ ।

सरकारले जनताको स्वास्थ्य उपचारमा हुने भारलाई अग्रीम व्यवस्थापन गर्ने उद्देश्य अनुरुप सो कार्यक्रम संचालन गर्दै आएको छ । सो कार्यक्रममा सबैलाई सहभागी हुन समेत आग्रह गरेको छ ।

सरकारले असारदेखि चितवन, मकवानपुर, गोरखा, तनहुँ, अछाम, जुम्ला, जाजरकोट र भक्तपुरमा सो कार्यक्रम लागू गर्ने भएको छ । सो कार्यक्रममा ५ जनासम्मको एउटा परिवारले वार्षिक २ हजार ५ सय रुपैयाँ बीमा वापतको प्रिमियम बुझाएपछि स्वास्थ्य उपाचारमा वार्षिक ५० हजार रुपैयाँसम्मको सेवा लिन सक्नेछन् ।

यस अघि कैलाली, बाग्लुङ, इलाम, बैतडी, अछाम, पाल्पा, कास्की र म्याग्दी जिल्लामा सो कार्यक्रम लागू भइरहेको छ । सो कार्यक्रमलाई सफलतापूर्वक संचालनमा ल्याउन सरकारले सामाजिक परिचालक समेत खटाएको छ । साथै उक्त कार्यक्रममा कुनै पनि घरपरिवारका सदस्य नछुटाइ बीमा गराउन समेत आग्रह गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL