Logo

देशका १० ठाउँबाट पेट्रोल उत्खननको अन्वेषण गरिने

देशका १० ठाउँबाट पेट्रोल उत्खननको अन्वेषण गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग मन्त्रालयले नेपालका बिभिन्न क्षेत्रमा पेट्रोलियम उत्खनन गर्नका ग्लोबल टेन्डरको तयारी थालेको छ । आगामी असार १५ भित्र ग्लोबल टेण्डर आव्हान गर्ने गरी तयारी थालेको उद्योग मन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए ।

उनका अनुसार पट्रोलियम उत्खननका लागि बिभिन्न १० ‘ब्लक’को पहिचान भैसकेको छ । ‘धनगढी देखि बिराटनगरसम्ममा१० ओटा ब्लक पहिचान गरेका छौं’ उनले भने ‘अब ती सबै ब्लकमा ग्लोबल टेन्डर मार्फत प्रस्ताब आवह्वान गर्ने छौं ।’

जसअनुसार पहिलो चरणमा प्राविधिक प्रस्ताव आवह्वान गरिने छ । धेरै पैसा दिने भन्दा पनि सक्षम र योग्य कम्पनीलाई जिम्मा दिने योजना रहेको मन्त्री जोशीले जानकारी दिए । साथै दोस्रो चरणमा मात्र आर्थिक प्रस्ताव आव्हान गर्ने मन्त्रालयले बताएको छ ।

मन्त्री परिषदले हालै पारित गरेको राष्ट्रिय खनिज नीतिमा पनि पेट्रोलियम उत्खननलाई प्राथमिकतामा राखेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL