Logo

सेयरमा मासिक ५ हजार लगानीले यसरी बनाउँछ करोडपति

सेयरमा मासिक ५ हजार लगानीले यसरी बनाउँछ करोडपति


बिजखबर संवाददाता
0
Shares

पैसा कमाउने चक्करमा मान्छेले के के गर्दैन ? कतिलाई त यहिं चक्करले अपराधको दुनियाँमा पुर्याएको छ त कतिलाई चोरी डकैतीमा । तर, सामान्य आम्दानीलाई पनि सहिं लगानी गर्न सकियो भने त्यसले दिने प्रतिफल पनि उच्च हुन सक्छ ।

यदि तपाइ बीस बर्षको पुग्नुभयो र तपाइलाई जीवनमा सजिलै पैसा कमाउने रहर छ भने यहिं उमेरदेखि मासिक १५८१ रुपैयाँ लगानी गर्न सुरु गर्नुस । यो लगानीले तपाईलाई करिब १० प्रतिशत प्रतिफल दिन्छ भने ६० बर्ष उमेरमा तपाइसँग एक करोड रकम पनि हुनेछ । यदि तपाइले मासिक पाँच हजार लगानी गर्न सुरु गर्नुभयो भने तपाइसँग ६० बर्षे उमेरमा तीन करोड १६ लाख रुपैयाँ हुनेछ ।

सबैले सानो उमेरदेखि लगानी गर्दैनन् । तपाइसँग समय छोटो छ भने तीस बर्षे उमेरदेखि मासिक ४४२३ रुपैयाँ लगानी सुरु गर्नुस, यसले अवकाश पछिको समयमा तपाइसँग एक करोड रुपैयाँ हुनेछ । यदि तपाइ ४० बर्षको हुनुहुन्छ भने मासिक १३,१६९ रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । तपाइको लगानी बापत प्राप्त गर्ने १० प्रतिशत औषत ब्याजदरको आधारमा यो हिसाब तय गरिएको हो । लगानीका लागि सुन, निक्षेपभन्दा सेयर बजारको प्रतिफल तुलनात्मक रुपमा बढि हुने भएकोले यसको लगानीले पनि तपाइको आम्दानीको वृद्धिदर अलि छिटो हुनेछ ।

बिजनेसटुडेबाट साभार

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL