Logo

मध्य भोटेकोशीको २ अर्ब ९४ करोडको आइपीओ आउँदै, बिक्री प्रबन्धकमा ७ कम्पनी नियुक्त

मध्य भोटेकोशीको २ अर्ब ९४ करोडको आइपीओ आउँदै, बिक्री प्रबन्धकमा ७ कम्पनी नियुक्त


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत आयोजनाले प्राथमिक सेयर (आइपीओ) जारी गर्न बिभिन्न ७ वटा क्यापिटल मार्केटसँग सम्झौता गरेको छ । कम्पनीले जारी गर्न लागेको २ करोड ९४ लाख कित्ता आईपीओ निष्काशनका लागि सो सम्झौता गरेको हो ।

कम्पनीले ग्लोबल आइएमई क्यापीटललाई निष्काशन तथा बिक्री प्रवन्धक तथा प्रभु क्यापिटल, सिभिल क्यापिटल मार्केट, एस क्यापिटल, सिबिआइ.एल क्यापिटल, सानिमा क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटलाई सह निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको हो । सम्झौता अनुरुप ती कम्पनीहरुले संयुक्त रुपमा निष्काशन तथा बिक्री प्रबन्धकको काम गर्ने छन् ।

जस अनुसार ती कम्पनीहरुले मध्य भोटेकोशीको ४९ प्रतिशत अर्थात प्रति किक्ता १ सय रुपैयाँको दरले २ अर्ब ९४ करोड रुपैयाँको प्राथमिक सेयर जारी गर्नेछन् । सर्बसाधारण तथा अन्य क्षेत्रका लागि छुट्याइएको ४९ प्रतिशतमध्येमा पनि पहिलो चरणमा कर्मचारी संचय कोषका संचयकर्ताहरुका लागि कुल जारी पूँजीको १९ शदमलव ५ प्रतिशतले हुन आउने १ अर्ब १७ करोड रुपैयाँ बरावरकोे १ करोड १७ लाख किक्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीका लागि कुल जारी पूँजीको ३ दशमलव ५ प्रतिशतले अर्थात २१ लाख किक्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि कुल जारी पूँजीको १ प्रतिशत आर्थात ६ लाख सेयर जारी गर्ने छ ।

यसैगरी दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि कुल जारी पूँजीको १० प्रतिशत अर्थात ६० लाख किक्ता सेयर जारी गर्ने छ । कम्पनीले तेस्रो तरणमा सर्वसाधारण तथा कम्पनीका कर्मचारीहरूका लागि कूल जारी पूँजीको १५ प्रतिशतले हुन आउने ९० लाख कित्ता सेयर जारी गर्ने गरी सेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्नको लागि सम्झौता गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL