Logo

४ जिल्लामा एउटा मात्र उद्योग ! के छन् समस्या ?

४ जिल्लामा एउटा मात्र उद्योग ! के छन् समस्या ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लगानीको वातावरण बनेसँगै देशमा स्वदेशी तथा विदेशी लगानीका उद्योगहरु धमाधम खुल्न थालेका छन् । नेपालमा पछिल्लो समय बार्षिक १५ प्रतिशतका दरले उद्योग दर्ताको क्रम बढेको छ ।

देशले औद्योगिक विकासमा फड्को मारिसक्दा पनि कतिपय जिल्लालाई भने त्यसले छोएको छैन । त्यसोत कतिपय जिल्लामा भर्खरैमात्र औद्योगिक शुरुवात भएको देखिन्छ । उद्योग विभागको तथ्यांक अनुसार देशका ४ वटा जिल्लामा हालसम्म एउटा÷एउटामात्र उद्योग दर्ता भएका छन् ।

बाजुरा, डोल्पा, मनाङ र सल्यान जिल्लामा हालसम्म एउटा÷एउटामात्र उद्योग रहेको विभागको तथ्यांकमा उल्लेख छ । पूर्वाधार विकास नहुनु तथा स्थानीय स्रोत साधनको कमीले गर्दा ती जिल्लामा मझौला तथा ठूला उद्योग दर्ता नभएको उद्योग विभागका प्रवक्ता दुर्गा भुसालले जानकारी दिए । भौगोलीक बनावटले गर्दा पनि ती जिल्लाहरु दुर्गम भएकाले लगानीकर्ताहरु आकर्षित नभएको उनले उनको तर्क छ । ‘प्रविधिको विस्तार हुन नसकेकाले पनि उद्योग संचालन हुन नसकेको हो,’ उनले भने ।

विभागका अनुसार ती जिल्लाहरुमा सडक, विजुली, इन्टरनेटजस्ता पूर्वाधार पुग्न सकेको छैन । चार जिल्लामध्ये मनाङमा ऊर्जामा आधारित उद्योग दर्ता भएको छ । मनाङमा सञ्चालनमा रहेको उद्योगले २ सय ५६ जनालाई रोजगारी दिएको छ । त्यस्तै बाजुरा र सल्यानमा कृषिमुलक उद्योग दर्ता भएका छन् । त्यस्तै डोल्पामा भने पर्यटनमुलक उद्योग दर्ता भएको विभागको तथ्यांकमा उल्लेख छ ।

तीमध्ये सल्यानमा दर्ता भएको कृषि उद्योगले सबैभन्दा बढी २ सय ७३ जनालाई र रोजगारी दिने छ । त्यस्तै अन्य कम उद्योग दर्ता भएका जिल्लामहरुमा सिन्धुली, रुकुम, प्युठान, ओखलढुंगा र मुगुमा दुई÷दुई ओटा उद्योग दर्ता भएका छन् । त्यसैगरी खोटाङ र अर्घाखाँचीमा चार÷चार ओटा उद्योग दर्ता भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागमा हालसम्म ६ हजार ९ सय ओटा उद्योग दर्ता भएका छन् । जसमध्ये काठमाडौंमा सबैभन्दा बढी ३ हजार ९४ ओटा उद्योग छन् । त्यस्तै ललितपुरमा ७ सय ७५, कास्कीमा ३ सय ५५ ओटा उद्योग सञ्चालनमा रहेकोे छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL