Logo

पढाइका नाममा श्रम खोज्दै युवा, रोजाइमा अष्ट्रेलिया, जापान, अमेरिका

पढाइका नाममा श्रम खोज्दै युवा, रोजाइमा अष्ट्रेलिया, जापान, अमेरिका


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्वदेशमा रोजगारीको अवसर नभएसँगै युवाहरु पढाइको नाममा विकशित देशमा जाने क्रम बढेको छ । नेपालमा राम्रो अंक ल्याएर प्लटु तथा स्नातक उत्तिर्ण गरेका विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका साथै रोजगारीका लागि विदेश जाने क्रम बढेको हो ।
आजभन्दा एक दशक अघिसम्म पढाइको लागि विदेश जाने क्रम सामान्य मात्र रहेकोमा पछिल्लो समय द्रुत गतिमा बढेको शिक्षा मन्त्रालयले जानकारी दिएको छ । विदेशमा पढाइका साथै राम्रो रोजगारी पनि पाइने भएकाले अध्ययनको नाममा विदेश जाने क्रम बढेको मन्त्रालयको भनाइ छ ।

विदेश पढ्न जानको लागि केही समय अघिसम्म सामान्य मात्र ‘नो अब्जेक्शन लेटर’ लिन आउने गरेकोमा पछिल्लो समय उच्च रुपमा बढेको शिक्षा मन्त्रालयका नो अब्जेक्शन शाखाका प्रमुख डिल्लीश्वर प्रधानले बताए । ‘आजभन्दा ४ वर्ष अघिसमम वार्षिक १० देखि १२ हजार जनाले विदेश अध्ययनका लागि नो अब्जेक्शन लेटर लिने गरेका थिए,’ उनले भने, ‘तर, अहिले बढेर वार्षिक ५० हजार पुग्न लागिसक्यो ।’

मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६८÷०६९ मा विदेश अध्ययनका लागि झण्डै १० हजार जना विद्यार्थीले नो अब्जेक्शन लेटर लिएका थिए । तर, चालु आर्थिक वर्षमा ५० हजार नाध्ने उनले जानकारी दिए । ‘चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा सो संख्या ३६ हजार पुगिसकेको छ,’ उनले भने, ‘यहि अनुपातमा जारी हुने हो भने आर्थिक वर्षको अन्त्यसम्ममा ५० हजार नाध्ने छ ।’

उनका अनुसार नेपालबाट विद्यार्थीहरु पढाइको लागि अष्ट्रेलिया, जापान तथा अमेरिका जाने क्रम बढेको छ । केही वर्ष यता नेपाली विद्यार्थीको रोजाइमा अष्ट्रेलिया रहेको छ । सहज रुपमा भिसा दिने तथा रोजगारीका लागि पनि उपयुत्त अवसर हुने भएकाले अष्ट्रेलियाको अध्ययनमा जाने क्रम बढेको छ । अघिल्लो आर्थिक वर्षको दोस्रो गन्तव्यमा अमेरिका रहेको थियो । तर, चालू आर्थिक वर्षमा जापान रहने उनले जानकारी दिए । नेपाली विद्यार्थीहरु अध्ययनको लागि अष्ट्रेलिया, यूरोप, अमेरिका, जापान, चीनलगायतका मुलुकमा बढी जाने गरेका छन् ।

पछिल्लो समय देशमा प्लस टु र स्नातक उत्र्तिण गर्ने विद्यार्थीको संख्या बढेसँगै अध्ययनका लागि विदेश जाने क्रम बढेको नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष प्रकाश पाण्डे बताउँछन् । ‘पछिल्लो समय ग्राजुयट गरेर विद्यार्थीहरु बजारमा आउने क्रम बढेको छ,’ उनले भने, ‘सोही अनुरुप आफ्नो भविश्य खोज्दै विदेश अध्ययनका लागि जाने क्रम बढेको हो ।’

केही समय पहिलासम्म कमाइको लागि मात्रै विदेश अध्ययनको लागि जाने चलन रहेकोमा पछिल्लो समय विद्यार्थीले पढाइ र रोजगारी दुबै रोज्ने गरेको उनी बताउँछन् । ‘पहिला विदेश अध्ययनमा गएका विद्यार्थी मध्ये ९० प्रतिशत काम र १० प्रतिशत मात्र अध्ययनका लागि जान्थे,’ उनले भने, ‘तर, अहिले पढाइमा जानु पूर्व कलेजलाई १ देखि ढेड वर्षको फि तिर्नुपर्ने र पढ्न विद्यार्थीलाई सम्बन्धित मुलुकले बढी सुविधा दिने गरेका कारण पढ्ने क्रम पनि बढेको छ ।’ साथै सम्बन्धित कलेजहरुले पनि राम्रो अंक ल्याएर उत्र्तिण गरेका विद्यार्थी मात्र लैजाने गरेकाले उनीहरुको ध्यान पढाइमा केन्द्रित हुने गरेको उनको तर्क छ ।

आर्थिक वर्ष २०६७ ०६८ देखि हालसम्म अध्ययनका लागि विदेशिएका नेपालीको संख्या

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL