Logo

दुई दशकपछि नेपालको आर्थिक बृद्धिदर ७%, कृषि तथा वनक्षेत्रको योगदान बढी

दुई दशकपछि नेपालको आर्थिक बृद्धिदर ७%, कृषि तथा वनक्षेत्रको योगदान बढी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । चालु आर्थिक वर्षको कुल ग्राह्यस्थ उत्पादन ६ दशमलव ९४ प्रतिशतले हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले मंगलवार सार्वजनिक गरेको तथ्यांकमा यस्तो उल्लेख छ । अनुकुल मौसमले कृषि क्षेत्रको उत्पादनमा भएको बृद्धि,पूर्ननिर्माणले लिएको तिव्रता तथा सर्जा संकट हट्दा नेपालले सन् १९९३ पछिको सवैभन्दा उच्च बृद्धिदर हासिल गर्न लागेको हो ।

त्यसैगरी वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स क्रमश उत्पादनमूलक क्षेत्रमा लगानी हुनु, कृषिमा व्यवसायीकरण हुँदै जानु तथा देश राजनीतिक स्थिरतातर्फ उन्मुख हुनुले गर्दा पनि बृद्धिदर उच्च भएको हो ।

चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि तथा वन, मत्स्य र खानी तथा उत्खनन् क्षेत्रले ३० प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ ।

त्यस्तै निर्माण, उद्योग र विद्युत, ग्यास तथा पानी क्षेत्र चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा १४ प्रतिशत योगदान दिएको अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिबृद्धिको बृद्धिदर १० दशलमव ९७ प्रतिशतले बृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ। कृषि क्षेत्रमा ५ दशमलव२९ प्रतिशतको वृद्धि हासिल भएको छ भने गैरकृषि क्षेत्रमा ७.७४ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ ।

त्यसैगरी मत्स्यपालनको ० दशमलव ४८, उत्पादनमुलक उद्योग ५ दशमलव ६७, थोक तथा खुद्रा व्यापारबाट १३ दशमलव ५२ प्रतिशत योगदान पुगेको छ ।

चालु मूल्यअनुसार कुल ग्रार्हस्थ्य मूल्यमा रु २२ खर्ब ९३ अर्ब ९८ करोड ९० लाख रहेको छ भने चालु मूल्यअनुसार कुल ग्रार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु २५ खर्ब ९९ अर्ब २३ करोड ४० लाख छ ।

चालु मूल्यमा कुल स्थिर पुँजी निर्माण राष्ट्रिय लेखा अनुमान रु ८खर्ब ७८ अर्ब ६० करोड ५० लाख अर्थात कुल गार्हस्थ्य उत्पादनको ३३.८ प्रतिशत रहने अनुमान गरिएको छ । कुल स्थिर पुँजी निर्माणमा वृद्धि भएको हो । जुन गत आवमा २८.८ प्रतिशत थियो ।

चालु मूल्यमा अन्तिम उपभोग खर्च रु २३ खर्ब ३२ अर्ब ७४ करोड १० लाख रहने अनुमान छ । जुन कुल गार्हस्थ्य उत्पादनको ८९ दशमलव ७५ प्रतिशत हुन आउछ । छ । त्यस्तै चालु मुल्यमा वस्तु र सेवाको कुल निर्यात ८ आठ खर्ब ३८ अर्ब ४६ कारोड ९० लाख मात्र रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL