Logo

गुलियोमा भुल्दैछन् नेपाली, दिनमै खान्छन् अढाइ करोडको चकलेट

गुलियोमा भुल्दैछन् नेपाली, दिनमै खान्छन् अढाइ करोडको चकलेट


रक्षा रेग्मी
0
Shares

काठमाडौं । चकलेट कसलाई मन पर्दैन र ? तर स्वास्थ्यका दृष्टिकोणले चकलेट धेरै खानु चाही अनेक रोगलाई शरिरमा स्वागत गर्नु जस्तै हुन्छ । चकलेटको गुलियो स्वादमा नेपालीहरु यसरी रमाउँदैछन् कि दैनिक करिब अढाइ करोड बराबरको चकलेट नेपाली एक दिनमै खपत गर्छन् । अर्थात बर्षको ९ अर्ब बराबरको चकलेट नेपाली बजारमा बिक्रि हुन्छ ।

kitkat

भन्सार विभागका अनुसार २०७२÷७३ मा नेपालमा ६ अर्व ३४ करोड रुपैयाँ बराबरको चकलेट आयात भएको थियो । नेपालमै पनि बार्षिक करिब साढे दुई अर्ब बराबरको चकलेट उत्पादन हुन्छ । नेपाली बजारमा उत्पादन हुने चकलेट कुल खपतको ४० प्रतिशत हुन आउँछ ।

Snikers
तथ्यांकले नेपालमा मागको ६० प्रतिशत चकलेट विदेशबाट आयात भएको देखाएको छ । त्यसमा पनि डेरीमिल्क,किटक्याट मार्स, ग्यालेक्सीलगायतको माग बढी छ ।
भन्सार विभागका अनुसार चकलेटको आयात बार्षिक १५ प्रतिशतले बृद्धि हुँदै गएको छ ।

Dairy Milk
नेपालमा एक दर्जन भन्दा बढी चकलेट उद्योगहरु सञ्चालनमा रहेपनि आयातमै भर पर्नुपर्ने अवस्था छ । भगवती, काब्रा, सुजल, क्वालिटीलगायताका दर्जनौं चकलेट तथा चुइगम उद्योग छन् ।

चकलेटका लागि आवश्यक आवश्यक कच्चा पदार्थ उद्योगहरुले चीन, भारत, मलेसिया, साउथ एसिया तथा युरोपेली मुलुकबाट आयात हुँदै आएको छ । चकलेटका लागि कोका, फ्लेवर, रङ, गम, घ्युलगायत कच्चा पदार्थ आवश्यक पर्छ । यस्ता सामग्रीहरु स्वदेशमा नबन्ने भएकोले पनि आयातमा भर पर्नुपरेको सम्वन्धित व्यवसायीहरु बताउँछन् । त्यस्तै प्याकेजिङका लागि आवश्यक सामग्रि पनि आयात गर्नुपर्ने अवस्था छ ।

नेपालमा विश्वका २१ देशबाट चकलेट आयात हुन्छ । भारतबाटमात्रै नेपालमा ४ अर्ब ६३ करोड ७९ लाख ९६ हजारको चकलेट आयात हुन्छ । त्यसैगरी, बंगलादेशबाट ८१ करोड ६५ लाख, चीनबाट रु ५३ करोड २७ लाख, साउदी अरबबाट रु आठ करोड ७८ लाख ३४ हजार, मलेसियाबाट रु ६ करोड ९३ लाख ९३ हजार रुपैयाँ बराबरको चकलेट आयात भएको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्
MBL