Logo

धितोपत्र बोर्डले गरायो लगानी कर्तालाई सजक, हल्लाको पछि लागेर सेयर नकिन्न आग्रह

धितोपत्र बोर्डले गरायो लगानी कर्तालाई सजक, हल्लाको पछि लागेर सेयर नकिन्न आग्रह


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । पछिल्लो समय सेयर बजारमा दैनिक रुपमा उतारचढाव आएसँगै नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई सजक रहन आग्रह गरेको छ ।

बजारको सम्बन्धमा विभिन्न संचार माध्यम, अनलाइन पोर्टल तथा फेसबुक र टिवटरजस्ता सामाजिक संजालहरुमा धितोपत्र बजारको परिसूचक तथा सूचिकृत कम्पनीहरुको सेयर मूल्यका सम्बन्धमा अनाधिकृत रुपमा विभिन्न खालका अड्कल र अनुमान गरी प्रकाशित गरिएको भन्दै सो विषयमा आग्रह रहन आग्रह गरेको हो । कम्पनीहरुको पोर्टफोलियो तथा देशको आर्थिक अवस्था सन्तोषजन भएपनि संचार माध्यम तथा सामाजिक संजालहरुमा गरिएको अडकल तथा अनुमान अनुरुप सेयरको मूल्य तथा नेप्से परिसूचकको अवस्था नरहने भन्दै लगानीकर्तालाई सजक रहन आग्रह गरेको छ ।

पछिल्लो समय सेयर बजार दैनिक रुपमा उच्च अंकले उकालो लागेसँगै त्यसबाट पुनः लगानीकर्ताहरु समस्यामा पर्न सक्ने देखिएको छ । बजारमा अनावश्यक र अनाधिकृति हल्ला चलाइएको हुँदा त्यसबाट पर्न सक्ने जोखिम वहन गर्न सक्नेगरी आफ्नो क्षमतालाई दृष्टिगत गर्दै लगानी गर्न बोर्डले अनुरोध गरेको छ ।

धितोपत्रको मूल्य सम्बन्धित कम्पनीको कार्यसम्पादन स्थिति, संवेदनशील सूचनाहरु लाभांश घोषणा, हकप्रद सेयरको घोषणा, व्यवस्थापनमा परिवर्तन र भावी योजनाहरुका साथै देशको समग्र आर्थिक अवस्था तथा लगानीकर्ताहरुको बजार प्रतिको विश्वास आदिले समेत सेयर बजारमा प्रभाव पार्ने बोर्डको तर्क छ ।

चुनावी माहोल तातेसँगै उकालो लागेको बजारमा मधेशी मोर्चाले चुनावको विरोधमा गर्न लागेको बन्द हड्तालका कार्यक्रमले समेत आगामी दिनमा ठूलो असर पार्ने सम्बन्ध लगानीकर्ता बताउँछन् । बुधबार पनि सोही अनुरुप बजारमा बजार उच्च रुपमा उतारचढाव हुँदै अन्तमा घट्न पुगेको छ ।

बजार खुलको केही समय २७ अंकले ओरालो लागेको बजार केही घट्दै पुनः २७ अंकले नै बढेको थियो । तर, बजार बन्द हुने समयमा परिसुचक ६ दशमलव ७५ अंकले घट्न पुग्यो ।

बजार घटेपनि सेयर खरिदमा लगानीकर्ताको चाप भने बढेको देखिन्छ । घट्दो बजामा पनि २ अर्ब रुपैयाँभन्दा बढीको सेयर खरिदविक्री भएको छ । बजारमा दिनभर १ सय ४५ कम्पनीको ३८ लाख ९६ हजार कित्ता सेयर खरिदविक्री भएको छ । जसमा सबैभन्दा बढी सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको १० करोड ३६ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ ।

बजारमा बैंक र बीमा समुहका परिसुचक उच्च रुपमा घटेका छन् । बजार बढाउन ठूलो भुमिका रहेको यी दुई समुहको परिसुचक ओरालो लागेसँगै समग्र नेप्से परिसुचक घट्न पुगेको छ । बीमा समुहको परिसुचक सबैभन्दा बढी १ सय ४० अंकले घट्दा बैंकिङ समुहको परिसुचक पनि ११ दशमलव ८९ अंकले ओरालो लागेको छ । जलविद्युत समुह सामान्य ओरालो लाग्दा होटल, फाइनान्स तथा विकास बैंक लगायतका परिसुचक भने उकालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL