Logo

विमानस्थलमा माटो भर्ने डिजाइनको तयारी, रोकिएको विस्तार प्रक्रिया अघि बढ्यो

विमानस्थलमा माटो भर्ने डिजाइनको तयारी, रोकिएको विस्तार प्रक्रिया अघि बढ्यो


रक्षा रेग्मी
0
Shares

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल स्तरोन्नतीका बाँकी कामको प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले विमानस्थल स्तरोन्नतीका लागि परामर्शदाता नियुक्त गरि काम अघि बढाएको प्रवक्ता विरेन्द्र श्रेष्ठले जानकारी दिए ।

परामर्शका लागि विदेशी कम्पनी जापान एयरपोर्ट कन्सल्ट्यान्स र नेपालको जोइक कन्सल्ट्यान्ट नियुक्त गरेको हो ।जापानी कन्सल्ट्यान्टले माटो भर्ने ठाउँको ड्रइङ डिजाइन तयार गर्न शुरु गरिसकेको श्रेष्ठले जानकारी दिए ।

Tribhuvan International Airport  Photo Source : Wikimapia
Tribhuvan International Airport
Photo Source : Wikimapia

प्राधिकरणले हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत विमानस्थल विस्तारको बाँकी काम सम्पन्न गर्न हालै पुनः टेन्डर आह्वान गरेको थियो ।

यसअघि एउटै कम्पनीलाई सबै कामको जिम्मेवारी दिए पनि अहिले भने आयोजना अन्तर्गतको कामलाई विभिन्न चार चरणमा अघि बढाउने तयारी छ ।

त्यसमध्ये पहिलो चरणमा तीन भागको मात्र टेन्डर आह्वान गरिएको हो । पहिलो चरणमा धावनमार्ग विस्तार, अन्तरराष्ट्रिय टर्मिनल भवन र विमानस्थलमा दैनिक पानी आपूर्ती फोहोर व्यवस्थापन प्रणालीलगायतका लागि छुट्टाछुट्टै कम्पनीबाट प्रस्ताव आह्वान गरिएको उनले जानकारी दिए ।

कामलाई छिटो सम्पन्न गर्ने उद्देश्सहित छुट्टाछुटै कम्पनीलाई जिम्मा दिइएको श्रेष्ठले बताए । ‘छुट्टाछुट्टै कम्पनीलाई जिम्मा दिँदा सबै कम्पनीले एकसाथ काम अघि बढाउने हुँदा छिटो हुन्छ’ उनले भने ।

प्राधिकरणले स्पेनिस कम्पनी सानजोसेसँगको ठेक्का रद्द पछि विमानस्थल विस्तारका लागि पून टेन्डर गरेको हो । प्राधिकरणले गत २५ मंसिरमा ‘नोटिस अफ टर्मिनेसन’ निकालेर ठेक्का रद्द गरेको थियो ।

tribhuwan

 

जसअनुसार देशभित्रका कम्पनीले टेन्डर आवह्वान गरेको ४५ दिनभित्र आवेदन पेस गर्न सक्नेछन् । आवेदन पेश गर्नेमध्ये उत्कृष्ट कम्पनी छनोट गरी स्तरोन्नतीको जिम्मा दिइने छ । क्यानले सन् २०२० सम्म स्तरोन्नती गर्ने गरी नयाँ कम्पनी छनौट गर्न लागेको हो ।

शुरुमा २०१६ भित्र स्तरोन्तती सकिने भनिएपनि स्पेनिस निर्माण कम्पनी सान्जोसे कन्स्ट्रक्टोराले १६ प्रतिशतमात्र काम सम्पन्न गरेको छ । सो कम्पनीले पशुपति क्षेत्रको माटो पाए मात्र काम अघि बढाउने अडान राखेको थियो । तर पुशपतिको माटो दिन नमिल्ने भएपछि खारेज गरिएको थियो ।

निर्माण कम्पनी सान्जोसेले प्राधिकरणसँगको सम्झौता अनुसार मार्च २०१६सम्म विस्तारको सम्पूर्ण काम पुरा गरिसक्नुपर्ने थियो । सान्जोसेले २०१३ मार्चबाट काम शुरु गरेको थियो ।

त्यस्तै समयमै काम नसकिदा निर्माण लागत समेत बढ्ने अनुमान गरिएको छ । उक्त आयोजना निर्माणका लागि ६ अर्ब रुपैयाँमा सम्झौता गरिएको थियो ।
उक्त विस्तार आयोजनाको गुह्यश्वरीतर्फ २० लाख घनमिटर माटो भर्ने ठाउँमा हालसम्म ५ लाख घनमिटर मात्र माटो भरेको छ ।

सम्झौता अनुसार कन्ट्रायक्टरले आफै माटो खोजेर उक्त खाल्डो भर्नुपर्ने हुन्छ । तर, सो खाल्डो पुर्नका लागि पशुपतिको माटो दिएमात्र काम गर्ने बताएकोले सम्झौता रद्द गर्न बाध्य भएको हो ।

त्यस्तै रनवे विस्तार २०१६ मार्च सम्ममा सक्नुपर्नेमा हालसम्म खाल्डो मात्र खनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL