Logo

भारतीय राजदूत पुरीको काठमाडौंमा पहिलो भाषण, ‘नेपालको विकासमा भारत गेम चेञ्जर हो’

भारतीय राजदूत पुरीको काठमाडौंमा पहिलो भाषण, ‘नेपालको विकासमा भारत गेम चेञ्जर हो’


बिजखबर संवाददाता
54
Shares

नेपालका लागि भारतका राजदूत मञ्जीभ सिंह पुरीले भारत नेपाल विकासको गेम चेञ्जर भएको बताएका छन् । आईतवार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीबाट ओहोदाको प्रमाणपत्र लिएका राजदूत पुरीले सर्वाजनिक कार्यक्रममा पहिलो पटक भाषण गर्दै ‘नेपालको विकासमा भारत गेम चेञ्जर’ भएको बताएका हुन् ।

उनले नेपालमा हालै सम्पन्न भएको पूर्वाधार विकास सम्मेलन र लगानी सम्मेलनमा भारतका दुई मन्त्री आउनु महत्वपूर्ण भएको बताए । ‘हालै नेपालमा आयोजित पूर्वाधार र लगानी सम्मेलनमा भारतका दुई क्याविनेट मन्त्रीको सहभागीता भयो’ उनले भने, ‘उनीहरुले लगानी वृद्धि र कनेक्टीभीटीको प्रतिवद्धता व्यक्त गरे जुन महत्वपूर्ण छ ।’

उक्त अवसरमा उद्योग मन्त्री नविन्द्रराज जोशीले नेपालमा लगानीको उपयुक्त वातावरण बनिरहेको बताए । उनले नेपालमा दोस्रो चरणको आर्थिक सुधार शुरु भएको बताउँदै नेपालमा लगानीका लागि आग्रह समेत गरे । उनले लगानीकर्ताका सवैखाले समस्या समाधानका लागि सरकार तयार रहेको समेत बताए ।

विदेशी लगानीकर्ताको सर्त, ‘एकद्वार सेवा र वौद्धिक सम्पत्ति’

कार्यक्रममा सहभागी विदेशी लगानीकर्ताले नेपालमा विदेशी लगानी आकर्षण गर्न एकद्वार सेवा शुरु गर्न तथा वौद्धिक सम्पत्ति संरक्षणको प्रत्याभुति दिन सुझाव दिए । उनीहरुले नेपालमा नाफाको राम्रो सम्भावना भएपनि कतिपय सुधार आवश्यक रहेको औल्याए ।

बहुराष्ट्रिय कम्पनी सुर्य नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत अभिमन्यू पोदारले नेपालमा व्यवसाय गरेर आर्जन गरेको नाफा फिर्ता लैजान दिनुपर्ने बताए । अरुण तेस्रो आयोजना प्रमुख एससी अग्रवालले नेपालमा बनको समस्या धेरै रहेको बताए । त्यस्तै, नेपाल एसबीआई बैंका प्रबन्ध निर्देशक अनुकुल भटनागरले विदेशी लगानी आकर्षणका लागि एकद्वार सेवा आवश्यक रहेको बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL