Logo

निर्माणको अजीब नमुना, चीनले बनायो घरभित्रबाटै कुद्ने रेल

निर्माणको अजीब नमुना, चीनले बनायो घरभित्रबाटै कुद्ने रेल


बिजखबर संवाददाता
0
Shares

जुर्मराउँदै अघि बढेको चिनीयाँ अर्थतन्त्रमा पूर्वाधार निर्माणको हिस्सा निकै धेरै छ । असम्भव निर्माण योजनालाई पनि सम्भव बनाएर चीनले समय समयमा विश्वलाई नै चकित पारिदिने गरेको छ ।

विश्वकै तीव्र कुद्ने रेलदेखि रेलमुनिबाटै बसहरु कुद्न सक्ने ट्रयाक बनाएर यसअघि चिनको प्रयोगले चर्चा पाइसकेको छ । विश्वभरका मिडियामा फेरी चीनको निर्माण नविनताले चर्चा बटुलिरहेको छ ।

 

number (2)

घरभित्रबाटै रेल कुदिरहेका तस्वीरले यो हप्ता अन्र्तराष्ट्रिय सञ्चारमाध्यममा विशेष स्थान बनायो ।

उन्नाइस तले एउटा घरको माथिल्लो तलाहुँदै रेलको मार्ग चीनका आर्किटेक्टले तयार गरेका छन् । चीनको दक्षिण पश्चिममा अवस्थित छोङ्कि सहरमा रहेको एउटा घरबाटै उक्त मोनोरेलले आफ्नो नियमति यात्रा तय गर्छ । रेल मार्गको लागि ठाउँको अभाव भएपछि आर्किटेक्टले ठूला भवनबाटै वारपार गर्ने गरी दुई तर्फी मार्ग बनाएका हुन् ।

china rail (3)
घरमा बस्ने मानिसका लागि ध्वनी प्रदुषणबाट बचाउनका लागि ध्वनी कम गर्ने उपकरणको प्रयोग यसमा गरिएको छ । चार करोड ९० लाख बासिन्दा भएको भएको यस सहरमा जमिनको अभाव भएपछि आर्किटेक्टले यस्तो नविनतम प्रयोग गरेका हुन् ।
स्रोत :एजेन्सी

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL