Logo

क्लिङकरको आयात अत्याधिक बढ्यो, ७ महिनामै ११ अर्बको भित्रियो

क्लिङकरको आयात अत्याधिक बढ्यो, ७ महिनामै ११ अर्बको भित्रियो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिमेन्टको मुख्य कच्चा पदार्थ क्लिङ्करको आयात अत्याधिकरुपमा बढेको छ । सिमेन्ट उद्योगको संख्या बढेपनि पनि क्लिङ्कर उद्योग नथपिदा आयातमा निर्भर हुनु परेको हो ।

चालु आर्थिक वर्षको सात महिनामा ११ अर्व १९ लाख रुपैयाँ बराबरको क्लिङ्कर आयात भएको छ । जुन गत आवको सो अवधिको तुलनामा ३ सय ४१ दशमलव ८ प्रतिशतले बढी भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक छ । अघिल्लो आवको सात महिनामा नेपालमा २ खर्व ५३ करोड रुपैयाँबराबरको क्लिङ्कर आयात भएको देखिन्छ ।

भुकम्प पछिको पुननिर्माण तथा नवनिर्माणले गति लिन थालेपछि सिमेन्टको माग माग अत्याधिक बढ्दै गएको छ । सिमेन्टको माग बढेसँगै भएका उद्योगले क्षमता बढाउन थालेका छन् भने नयाँ उद्योग थपिने क्रम पनि बढेको छ । तर, क्लिङकरको उत्पादन भने उल्लेखीयरुपमा बढ्न सकेको छैन । यसले गर्दा क्लिङकर आयात उच्चदरमा बढेको उद्योगीहरु बताउँछन् ।
नेपाल क्लिंकर उत्पादक संघका अध्यक्ष पुरुषोत्तम सांघाई औद्योगिक वातावरण नवनिसकेकोले माग अनुसारको क्लिंकर उत्पादन गर्न नसकिएको बताए । त्यस्तै, बैंकहरुले उद्योग क्षेत्रमा सहज र पर्याप्त कर्जा प्रबाह नगर्दा समेत उत्पादन वृद्धिमा कठिनाई भएको उनको भनाई छ ।

सरकारले दुई वर्षभित्रै आयात विस्थापन गर्दे क्लिङकरमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ । तर, लक्ष्यविपरित आयात भने उच्चदरमा बढ्दै गएको छ । आर्थिक बर्ष ७२/७३ मा नेपालमा ९ अर्व ८४ करोड रुपैयाँ बराबरको क्लिंकर भित्रिएको थियो । त्यस्तै, ०७१/७२ मा ८ अर्व ४० करोड, ०७०/ ७१ मा ६ अर्व ५५ करोड र आर्थिक बर्ष ०६९/७० मा ५ अर्व ९९ करोड बराबरको क्लिंकर आयात भएको केन्द्रको तथ्यांक छ । पाँच आर्थिक बर्षको तथ्यांकले नेपालमा क्लिंकर आयात बार्षिक रुपमा बढेको देखाएको छ ।

नेपालमा पर्याप्त चुनढुंगा खानी हुँदाहुँदै पनि त्यसको उपयोग हुन सकेको छैन । अधिकांश उद्योगको आफ्नै क्लिङकर उद्योग छैन । तर, पछिल्ला समय स्थापना भएका सिमेन्ट उद्योगले भने आफ्नै क्लिङकर उपयोग गर्न थालेका छन् । ‘पछिल्लो समय विद्युतको अभावलगायत समस्याहरु समाधान हुँदै जाँदा औद्योगिक वातावरण समेत बन्दै गएको छ’ उनले भने, ‘क्लिङकर उद्योग पनि बढ्दै गएका छन यसले अवको पाँच बर्षभित्र नेपाल क्लिंकरमा आत्मनिर्भर बन्ने छ ।’ सांघाईका अनुसार बार्षिक ३ लाख टन उत्पादन क्षमताका उद्योगहरु पाइपलाइनमा छन् ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले गत बर्ष नाकाबन्दीले गर्दा क्लिंकर आयात कम भएकोले यस आवमा बढी देखिएको बताए । हाल नेपालमा मारुती, शिवम्, सर्वोत्तम, घोराहीलगायत क्लिंकर उद्योग सञ्चालनमा छन् । यी उद्योगबाट बार्षिक ३० लाख टन क्लिंकर उत्पादन हुँदै आएको छ ।

क्लिंकर सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ हो । यो प्राकृतिक खानीमा पाइने चुनढुंगाबाट तयार गरिन्छ । हाल नेपालमा भारत, दक्षिण अफ्रिका, भुटानलगायत मुलुकबाट क्लिंकर आयात भइरहेको छ । जसमध्ये भारतबाट सवैभन्दा बढी आयात हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL