Logo

गभर्नरले भने, माइक्रो फाइनान्सले गरिबलाई शोषण गरे, अब राष्ट्र बैंकले बन्द गर्छ

गभर्नरले भने, माइक्रो फाइनान्सले गरिबलाई शोषण गरे, अब राष्ट्र बैंकले बन्द गर्छ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पछिल्लो समय माइक्रो फाइनान्सहरु आफ्नो उद्देश्यबाट विचलित हुँदै गएको बताएका छन् । ‘माइक्रो माइनान्सले जनताको जिवनस्थर उकास्न सहयोग गर्नुको सट्टा सेयर बजारमा लगानी गरेर रातारात कारोडपति हुने सपना देख्न थालेका छन्,’ चौथो लघुवित्त सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘यदि तपाइहरु आफ्नो उद्देश्यबाट विचलित हुनुभयो भने राष्ट्र बैंकले त्यस्ता संस्थालाई बन्द गर्नुपर्ने अवस्था आउने छ ।’

micro_finance

कार्यक्रमा गभर्नर नेपालले यदि करोडपति र अबरपति हुने सपना देखेको भए माइक्रो फाइनान्स छोडेर अर्कै ब्यापार व्यवसायमा लाग्न समेत निर्देशन दिएका छन् । ‘माइक्रो फाइनान्सले पछिल्लो समय जुन किसिमले काम गर्दै आएका छन् त्यो राष्ट्र बैंकलाई पटक्कै मन परेको छैन,’ उनले भने, ‘सो सम्बन्धमा राष्ट्र बैंकले अनुसन्धान गरिरहेको छ केही समयभित्रै कडाई गर्ने नयाँ नियम आउनेछ ।’
लघुवित्त संस्थालहरुले आफुलाई बाणिज्य बैंकसँग तुलना गरेर अघि बढ्न नहुने समेत उनको भनाइ थियो ।

पछिल्लो समय लघुवित्त संस्थाहरुले आफुलाई बाणिज्य बैंकसँग तुलना गरेर अघि बढेकै कारण समस्या उत्पन्न भएको उनले बताए । ‘लघुवित्त संस्थाले वित्तीय पहुँचभन्दा बाहिर रहेका जनतालाई सामान्य रकम उपलब्ध गराएर उनीहरुको जिवनस्थर उकास्न सहयोग गर्नु पर्छ,’ उनले भने, ‘उनले भने, ‘तर ठिक त्यसको विपरित गरिव मारेर आफुहरु रातारात धनी बनिरहेका छन् ।’ लघुवित्तकै कारण पछिल्लो समय गाउँगाउँमा जनताहरु आत्महत्या गर्न वाध्य भएको समेत उनको आरोप थियो ।

लघुवित्तहरु नाफामुखी, शहर केन्द्रित र शोषणमुखी हुँदा विपन्न वर्गका जनताहरु समस्यामा परेको नेपालको तर्क छ । ‘पछिल्लो समय माइक्रो फाइनान्सहरु सेयर बजारमा समेत लगानी गर्न थालेका छन्,’ उनले भने, ‘सो सम्बन्धमा राष्ट्र बैंकले अनुसन्धान गरिरहेको छ त्यस्ता संस्थालाई कारवाही हुन्छ ।’

यसैगरी मौद्रिक नीतिले विपन्न वर्गमा जाने ५ प्रतिशतमध्ये २ प्रतिशत बाणिज्य बैंकले सोझै गर्नुपर्ने व्यवस्था ल्याउँदा लघुवित्तलाई स्रोतको कुनै समस्या नपर्ने समेत उनको दाबी थियो । ‘अझै पनि नेपालका ६० प्रतिशत जनता बैंकिङ प्रणालीभन्दा वाहिर रहेका छन्,’ उनले भने, ‘माइक्रो फाइनान्सले उनीहरु समक्ष पुगेर स्रोतको परिचालन गर्न सक्नुपर्छ ।’ अहिले पनि राष्ट्र बैंकले मुगु, डोल्पाजस्ता गुर्दम क्षेत्रमा माइक्रो फाइनान्स खोल्न बन्देज नलगाएको जानकारी दिँदै शहर केन्द्रित भएर काम गर्ने सस्थालाई कडाई गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL