Logo

फेसबुकले धानेको सेयर बजार, कहिलेसम्म चल्छ यसरी ?

फेसबुकले धानेको सेयर बजार, कहिलेसम्म चल्छ यसरी ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । केही समय अघि १२ सय अंकमा झरेको बजारमा पुनः १ हजार ३ सय ५० अंक आसपासमा छ । बजारले वियरिस ट्रेण्ड समातेको अवस्थामा केही स्थिर हूँदै पुनः बढिरहेको छ ।
केही समय पहिला दैनिक ५० अंकभन्दा तल घटेको बजारमा पछिल्लो समय सामान्य घटवढ हुँदै माथी उक्लिरहेको छ । ठूला लगानीकर्ताहरुले नेप्से परिसुचक १ हजार अंकभन्दा तल ओर्लिने अनुमान लगाइरहँदा बजार १ हजार ३ सय अंकभन्दा माथी नै स्थिर भएको छ ।

साना तथा मध्यम खालका लगानीकर्ताहरु फेसबुकलगायत सामाजिक संजालमा बढी सक्रिय हुँदा बजार क्रयास हुन बाट जोगिएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘पछिल्लो सयम हजारौं लगानीकर्ताहरु सेयर सम्बन्धी फेसबुक पेज बनाएर आवद्ध भएका छन्,’ एक लगानी कर्ताले भने, ‘उनीहरुबीचको सुचना आदनप्रदान तथा प्रतिवद्धताले गर्दा बजार केही हदसम्म वियरिस ट्रेण्डमा जानबाट जोगिएको छ ।’

अहिले सेयरबजार सम्बन्धी एक दर्जनभन्दा बढी फेसबुक ग्रूप रहेका छन् । एउटा ग्रूपमा ५ देखि ३० हजारजनासम्म आवद्ध रहेका छन् । उक्त ग्रूपमा हुने सेयर सम्बन्धी छलफलले पनि बजारमा घट्नबाट जोगाएको छ । त्यस्ता ग्रूपमा आउने लगानीकर्ताको बजार सम्बन्धी स्टाटस तथा सुचनाले गर्दा पनि बजार स्थिर हुन मद्दत मिलेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

सरकारले चुनावी मिति घोषणा गरेसँगै बजारमा केही उत्साह आएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष डा. आत्मराम घिमिरे बताउँछन् । धितोपत्र बोर्डका सुधार तथा बैंक वित्तीय संस्थाले हप्तै पिच्छे बढाउँदै आएको ब्याजदर बृद्धि समेत रोकिएकाले लगानीकर्तालाई केही राहत भएको उनको तर्क छ । साथै धेरै लगानीकर्ताहरु फेसबुकलगायत सामाजिक संजालमा आवद्ध भएर बजार सम्बन्धी जनचेता फैलाएकाले पनि बजार उच्च रुपमा घट्नबाट रोकिएको उनको तर्क छ ।

तर, फेसबुक ग्रूपले सधैभरी बजारलाई जोगाइराख्न नसक्ने उनको तर्क छ । सरकारले बैंशाखमा चुनाव गराउन नसकेमा सेयर बजारले वियरिस ट्रेण्ड लिने उनको बुझाइ छ । बजार अहिले केही हदसम्म सामान्य अवस्थामा रहेको र राजनीतिक वातावरणमा केही उत्तरचढाव हुने वित्तिकै बजार उच्च रुपमा घट्ने छ । हाल नेपाल राष्ट्र बैंकले उत्पादनमुलक कर्जा तथा बिपन्न वर्गमा प्रदान गरिएको कर्जाको ५० प्रतिशत रकम सिसिडिमा गणना नहुनेगरी लगानी गर्न बाटो खुला गरेकाले पनि बजारलाई केही हदसम्म राहत मिलेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL