Logo

ग्राउण्ड ह्याण्डलिङमा निगमलाई अन्तरराष्ट्रिय अवार्ड, कंसाकार भन्छन्, दुई वर्षको मिहिनेत हात पर्यो

ग्राउण्ड ह्याण्डलिङमा निगमलाई अन्तरराष्ट्रिय अवार्ड, कंसाकार भन्छन्, दुई वर्षको मिहिनेत हात पर्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल बायु सेवा निगमले ग्राउण्ड ह्याण्डलिङ सेवामा अन्तराष्ट्रिय गुणस्तर प्रमाणपत्र पाएको छ । ग्राउण्ड ह्याण्डलिङ सर्भिसमा उत्कृष्ठ सेवा प्रदान गरेको भन्दै इन्टरनेशनल एयरट्रान्सपोर्ट एसोसियसन(आईएटिए)ले आईएटिए सेफ्टी अडिटर्स फर ग्राउण्ड अपरेशन(इसागो) सो प्रमाणपत्र दिने निर्णय गरेको नेपाल वायुसेवा निगमका प्रवन्त्र निर्देशक सुगतरत्न कंसाकारले बताए ।

झण्डै २ वर्षको मिहिनेत पछि आफुहरुले सो प्रमाणपत्र पाएको कंसाकार बताउँछन् । ‘हाम्रा कर्मचारीले दुई वर्ष यता ग्राउण्ड ह्याण्डिलिङमा उत्कृष्ठ काम गर्दैै आएका थिए,’ उनले भने, ‘त्यसको फलस्वरुप हामीले अन्तराष्ट्रिय मान्यताप्राप्त प्रमाणपत्र पाएका हौं ।’

कंसाकारका अनुसार निगमले ग्राउण्ड ह्याण्डलिङबाट वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढी आन्दनी गर्दै आएको छ । चालु आर्थिक बर्षको ६ महिनामै पौने २ अर्ब आम्दानी गरिसकेको छ । ‘आईएटिएले निमगलाई जुन प्रमाणपत्र दिएको छ यो हाम्रो लागि गौरवको विषय हो,’ उनले भने, ‘यसले अन्तरराष्ट्रिय स्तरमा निगमको विश्वास अझै बढ्नेछ ।’

आईएटिएले केही समय अघि नै निगमलाई सो प्रमाणपत्र दिने निर्णय गरेको र अबको १ हप्ताभित्रै नेपाल आइपुग्ने समेत उनले जानकारी लिए । ‘उनीहरुले केही समय अघि निगमलाई प्रमाणपत्र दिने निर्णय गरेका हुन्,’ उनले भने, ‘केही समयभित्रै हामीलाई पठाउने छन् ।’ उक्त प्रमाणपत्र पाएसँगै अब निगम सो सेवामा उत्कृष्ठ भएको समेत उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL