Logo

हिउँले पुरिएको फाइबर निकालिदैं, चिनियाँ इण्टरनेट मार्चदेखि नै चल्ने

हिउँले पुरिएको फाइबर निकालिदैं, चिनियाँ इण्टरनेट मार्चदेखि नै चल्ने


रक्षा रेग्मी
0
Shares

काठमाडौं । चीनतर्फ हिउँले पुरिएको अप्टिकल फाइवरको निर्माण कार्य अघि बढाइएको छ । हिउँ जमेर फाइबर पुरिँदा इण्टरनेट ल्याउने प्रक्रियामा अवरोध आएपछि अहिले त्यसको निर्माण कार्य अघि बढाइएको छ ।

हाल भाँचिएको केबल बनाउन सुरु भइसकेको टेलिकमका सह प्रवक्ता सोभन अधिकारीले जानकारी दिए । यसअघि जनवरीको पहिलो दिनदेखि नै चिनियाँ इण्टनरनेट नेपाली ग्राहकसम्म पुर्याउनले लक्ष्य राखिएपनि विभिन्न समस्याका कारण यो पर धकेलिदैं आएको छ ।

अधिकारीका अनुसार मार्च महिनाको अन्तिमसम्म सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अघि बढिरहेको छ । ‘चीनतर्फको भागमा हिउँ जमेर फाइवर भाँचिएको रहेछ,’ उनले भने ‘त्यो फिक्स गरेसँगै इन्टरनेट प्रयोग गर्न सकिने छ ।’ फाइबर निर्माण पछि चाइना टेलिकमले पूनः एकपटक परिक्षण गरेरमात्र इन्टरनेट पठाउने उनले बताए ।

टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलमार्गबाट जोड्ने तथा नेपाललाई आईपी सर्भिस उपलब्ध गराउने सम्झौता भएको थियो । अहिले नेपालले भारतको चेन्नई हुँदै समुन्द्रीमार्गबाट सिङ्गापुरमा रहेको डेटा सर्भरमार्फत विश्वसँग टेलिकम्युनिकेसनमा जोडिएको छ । सो सर्भरमा चीनबाट जोडिदा दूरी कम पर्ने हुँदा इन्टरनेटको गति पनि तिव्र हुने अपेक्षा गरिएको छ ।

चीनबाट इन्टरनेट ल्याएसँगै हालसम्म एउटै देशसँगमात्र भएको कनेक्टिभिटी अन्त्य हुने टेलिकमका सहायक प्रवक्ता अधिकारीबताउँछन् । उनका अनुसार भारतबाट नेपालमा ल्याइएको इन्टरनेट सेवा बन्द भएमा वा प्राविधिक समस्या आएको अवस्थामा पनि यसलाई विकल्पको रुपमा प्रयोग गर्न सकिनेछ । त्यसैगरी नेपालमा चल्ने इन्टरनेटमा नोइज कम भई डेटा स्पीड बढ्ने अधिकारीले जानकारीदिए ।

हाल भारतबाट भैरहवा, रक्सौल र वीरगञ्ज नाका हुँदै अप्टिकल फाइबरमार्फत नेपालमा इण्टरनेट ल्याइएको छ । नेपालले अहिले भारतको बिएसएनएल,भारत पन्जाव, टाटा, एयरटेल र रिलायन्स कम्पनीबाट इन्टरनेट खरिद गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL