Logo

चीनको चाउमिन तुलाधरको मःम, मेनुमा जे होला अर्डर यीनकै

चीनको चाउमिन तुलाधरको मःम, मेनुमा जे होला अर्डर यीनकै


रक्षा रेग्मी
108
Shares

काठमाडौं । नेपालीहरुको एउटा गज्जबको बानी छ । होटल र रेष्टुराँमा खाजाको लागि प्रवेश गरेपछि टेबलमा रहेको ‘मेनु’ ओल्टाइ पल्टाइ हेर्छन् । नयाँ लाग्ने खाजाको बारेमा सोधपुछ गर्छन् पनि । र अन्तिम अर्डर हुन्छ – मःम अथवा चाउमिनकै । मेनुमा रहेका अनेक परिकारमा मःम र चाउमिन नै अन्तिम छनोटमा पर्छ । कतिपय त मेनु नहेरि पहिले नै मःम र चाउमिनकै अर्डर पनि गर्छन् ।
मेनुमा जति नै धेरै परिकार होस मःम अथवा चाउमिन नभएसम्म ‘खानेकुरा’ केही रहेनछ भन्ने समेत प्रतिक्रिया पनि रहन्छ ।
मःम र चाउमिन कथा
नेपालमा मःम भित्र्याउने श्रेय तुलाधरहरुलाई जान्छ । चाउमिन भने चीनबाट भित्रिएको हो ।  जहाँबाट भित्रिएपनि यी खाजा नेपालीका लागि ‘दाल भात’ जस्तै प्रिय स्वाद बनिसकेको छ ।

नेवारी ‘ओरिजिन’ मःम र चाइनिज खाना चाउमिन अहिले प्राय नेपालीको प्रिय खाजा बनेको छ । मिठो, छिटो र जुनसुकै बेला खान मिल्ने भएकोले पनि मःम चाउमिन सबै उमेर समुहको पहिलो रोजाइ बनेको हो । जसले गर्दा ठेलागाडादेखि पाँच तारे होटलसम्ममा मःम चाउमिन पाक्न थालेका छन् ।

Nepali Chowmein
Nepali Chowmein

त्यसो त पछिल्लो समय मःम तथा चाउमिन मात्र ‘मेन्यू’ मा राख्ने होटलहरु पनि खुलेका छन् । सानो लगानीमै व्यवसाय सुरु गर्न सकिने भएकोले पनि मःम तथा चाउमिन बनाउने होटल रेष्टुराँ बढेको रेष्टुराँ एण्ड बार एशोसिएशनका पूर्व अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठ बताउँछन् । त्यस्तै यी फाष्टफुडको व्यापारबाट अन्यको तुलनामा बढी फाइदा हुन्छ । श्रेष्ठका अनुसार रेवान अन्तर्गतका पनि अधिकांश होटल तथा रेष्टुराँहरुमा मःम चाउमिन पाक्छन् ।

नेपालमा १९७० को दशकबाट मःम खाजाका रुपमा खाने प्रचलन सुरु भएको हो । त्यो बेलामा मःम राँगाको मासुबाट मात्रै बन्थ्यो । डालोमा नाङ्लो राखेर स्टोभमा मःम पकाइन्थ्यो । जसलाई पातमा राखेर लप्सी र धनियाँको चट्नीसँग दिने प्रचलन थियो । त्यस्तै व्यवसायीक मःम पसलका रुपमा रञ्जना गल्लीमा आरसी मम खुल्यो । विस्तारै गल्ली गल्ली हुँदै रेष्टुराँ तथा तारे होटलहरुमा मःम बनाउन थालिएको श्रेष्ठ बताउँछन् । पहिला राँगोको मात्र मःम बनाइए पनि विस्तारै पनिर, चिज, भेज चिकन लगायत मःम पाउन थाल्यो । त्यसैगरी नेपालमा चाउमिन खाने प्रचलन आएको पनि लामो समय भएको उनी बताउँछन् । चाइनिज खानामध्ये चाउमिन चाउमिन नेपालीको जिब्रोमा झुण्डिएको खाना हो ।

मम चाउमिननै किन ?
मम चाउमिन फाष्टफुड हो । अर्थात व्यस्तताको सजिलो खाना । छिटो पाक्ने भएकोले अफिसमा काम गर्दै खान, वा हतारको बेलामा पनि यी खाजा खान सकिन्छ । त्यसैगरी मःम चाउमिनलाई जुनसुकै बेलामा पनि प्रयोग गर्न सकिन्छ । अर्थात खाना वा खाजाको रुपमा । त्यसैगरी यो पाँचतारे होटल देखि गल्लिका ठेला तथा खाजाघर मा पाइन्छ । यी खाजा अडिलो पनि हुनेहुँदा धेरै भोक लागेको बेलामा पनि खान सकिन्छ । सबैभन्दा महत्वपूर्ण मःम चाउमिन अन्य खाजाको तुलनामा सस्तो हुन्छ ।
पिज्जा र चिकेनचिली तिर

Pizza
Pizza

मःम चाउमिन सबैको सधैको प्रिय खाजा भएपनि पछिल्लो समय इटालियन खाजा पिज्जा र फ्रेञ्च फ्राइ तथा चिकेन चिल्लीतिर पनि मानिसहरु आकर्षित हुन थालेका छन् । फ्रेञ्च फ्राइ, पिज्जा तथा चिकेन चिल्ली पनि मःम चाउमिनजस्तै जतिबेला जसरी पनि खान सकिन्छ । त्यस्तै पछिल्लो समय नेवारी खाजा सेट, बारा,छोइला लगायतमा पनि आकर्षण बढ्न थालेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL