Logo

लगानी सम्मेलन: साढे १४ खर्वको लगानीको प्रतिवद्धता, पूर्वाधारमा बढी

लगानी सम्मेलन: साढे १४ खर्वको लगानीको प्रतिवद्धता, पूर्वाधारमा बढी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौंमा जारी लगानी सम्मेलनको दाश्रो दिनसम्म साढे १४ खर्व बराबरको लगानीको प्रतिबद्धता आएको छ । सम्मेलनको दोश्रो दिन शुक्रवार ३ बजेसम्म सो बराबरको प्रतिवद्धता आएको लगानी बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार दुई दिनमा १३ अर्व ५२ करोड डलर अर्थात १४ खर्व ६० खर्वको प्रतिबद्धता आएको हो । सम्मेलनमा विदेशी लगानीकर्ताले जलविद्युत, पूर्वाधार तथा पर्यटन क्षेत्रमा सो बराबर लगानीको प्रतिवद्धता गरेको हो ।

विदेशी लगानीकर्ताले लगानी गर्ने प्रतिवद्धतासहित ‘लेटर अफ इन्टेन्ट’ लगेका छन् । जसमध्ये त्यस्तै यती लगानी गर्ने भन्ने नतोकी इच्छापत्र लाने पनि धेरै उनले जानकारी दिए ।

नेपालमा लगानीका लागि विशेषगरी चीन तथा भारतीय लगानीकर्ताहरुले इच्छा देखाएको मलेसिया, टर्की, फिलिपिन्स लगायतका लगानीकर्ताले पनि इच्छापत्र लगेको उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL