Logo

नेपालमा लगानी गर्न हौसिए विदेशी लगानीकर्ता, दुई दिनमै ११ खर्वको प्रतिवद्धता

नेपालमा लगानी गर्न हौसिए विदेशी लगानीकर्ता, दुई दिनमै ११ खर्वको प्रतिवद्धता


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । विदेशी लगानीकर्ताहरुले नेपालमा ११ खर्व रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता गरेका छन् । काठमाडौंमा जारी लगानी सम्मेलनमा विदेशी लगानीकर्ताले जलविद्युत, पूर्वाधार तथा पर्यटन क्षेत्रमा सो बराबर लगानीको प्रतिवद्धता गरेको उद्योग विभागका महानिर्देशक तथा सम्मेलनका संयोजक प्रदिप कोइरालाले जानकारी दिए ।

कार्यक्रममा विदेशी लगानीकर्ताले ११ अर्व लगानी गर्ने प्रतिवद्धतासहित ‘लेटर अफ इन्टेन्ट’ लगेका छन् । जसमध्ये त्यस्तै यती लगानी गर्ने भन्ने नतोकी इच्छापत्र लाने पनि धेरै भएको कोइरालाले जानकारी दिए ।

उनका अनुसार शुक्रवार दिउँसो १ बजेसम्म ११ खर्वभन्दा बढीको लगानीको प्रतिवद्धता आएको र अझै आउने कार्य जारी छ ।

नेपालमा लगानीका लागि विशेषगरी चीन तथा भारतीय लगानीकर्ताहरुले इच्छा देखाएको मलेसिया, टर्की, फिलिपिन्स लगायतका लगानीकर्ताले पनि इच्छापत्र लगेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL