Logo

लगानी सम्मेलनमा आउदैछन् विश्वकै ‘टप कम्पनी’, माइक्रोसफ्टदेखि कोकाकोलासम्म ‘कन्फर्म’

लगानी सम्मेलनमा आउदैछन् विश्वकै ‘टप कम्पनी’, माइक्रोसफ्टदेखि कोकाकोलासम्म ‘कन्फर्म’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । फागुन १९ गतेबाट हुने नेपाल लगानी सम्मेलनमा विश्वकै टप कम्पनीहरुको सहभागिता रहने भएको छ । सम्मेलनमा माइक्रोसफ्टदेखि कोकाकोलासम्मले सहभागिता जनाउने पक्का भएको उद्योग मन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए ।

सम्मेलनमा कोकाकोलाका तर्फबाट बोटलर्स नेपाका प्रवन्ध निर्देशक पुनित भर्सनी सहभागी हुनेछन् । उनले नेपालमा लगानीबारे आफ्नो अनुभव राख्नेछन् । त्यस्तै युनिलिभरका प्रवन्ध निर्देशक सुयोस चौहानले पनि अनुभव बताउनेछन् । लगानी सम्मेलनमा माइक्रोसफ्टका कन्ट्री जनरल म्यानेजर मिचेली सिमोन्सले अन्तरराष्ट्रिय लगानीसम्वन्धी अनुभव राख्ने छिन् ।

त्यस्तै आइएफसीका कन्ट्री म्यानेजर वीन्डी जो वेरनर पनि सहभागी हुने पक्का भएको छ । सम्मेलनमा पावर चाइना रिसोर्स प्रालीका ली यनफेङ, जिएमआरका हरभिन्दर मनोचाले सहभागीता जनाउने छन् । सम्मेलन काठमाडौंको सोल्टी होटलमा आयोजना हुने छ । सम्मेलनमा हालसम्म २ सय ३७ जनाले सहभागी हुने कन्फर्म गरिसकेका छन् । उद्योग मन्त्रालयले लगानी बोर्डसँष्गको सहकार्यमा सम्मेलन आयोजना गर्न लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्दघाटन गर्ने कार्यक्रममा प्रमुख बक्ताको रुपमा भारतका अर्थमन्त्री अरुण जेट्ली तथा एशियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिकन सहभागी हनुे छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL