Logo

यी हुन् ६ महिनामा अर्व बढी निर्यात भएका ७ वस्तु

यी हुन् ६ महिनामा अर्व बढी निर्यात भएका ७ वस्तु


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । आर्थिक बर्ष २०७३/ ७४ को ६ महिनामा नेपालबाट ३६ अर्व २७ करोड बराबरको वस्तु निर्यात भएको छ । यो गत बर्षको सो अवधिको तुलनामा १८ दशमलव ८ प्रतिशतले बढी हो । सो अवधिमा नेपालबाट निर्यात हुनेमध्ये जुस, उलन कार्पेट, अलैची, पश्मिनालगायतको निर्यात अर्व भन्दा बढी भएको छ ।

नेपालबाट चालु आर्थिक बर्षको ६ महिनामा ३ अर्व ६२ करोड बराबरको उलन कार्पेट र २ अर्व ४ अर्व १ करोड ८८ लाख रुपैयाँ जुस निर्यात भएको छ । त्यस्तै सो अवधिमा १ अर्व ५८ करोड रुपैयाँको टेक्सटायल निर्यात भएको राष्ट्र बैंकको हालै सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

६ महिनामा नेपालबाट १ अर्व ७४ करोडको अलैँची, १ अर्व ४९ करोडको पश्मिना र १ अर्व २८ करोड रुपैयाँको जस्तापाता निर्यात भएको तथ्यांकले देखाएको छ ।

समीक्षा अवधिमा भारततर्फ १७ दशमलव १ प्रतिशत, चीनतर्फ ५४ दशमलव ८ प्रतिशत र अन्य मुलुकतर्फ १० प्रतिशतले निर्यात बढेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।  जसमध्ये वस्तुगत आधारमा जुस, पिना, रोजिन, जिआई पाईपलगायत वस्तुको निर्यात बढेको छ । यता अलँची, पोलिष्टर यार्न, ऊनी गलैंचा, तरकारीलगायत वस्तुहरुको निर्यात घटेको छ ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL