Logo

हकप्रद र एफपीओमा नयाँ व्यवस्था, संचालक समितिबाट स्वीकृत गराउँदै बोर्ड

हकप्रद र एफपीओमा नयाँ व्यवस्था, संचालक समितिबाट स्वीकृत गराउँदै बोर्ड


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर र फरदर पब्लिक अफरिङ (एफपीओ) मा आस्वा प्रणाली लागू् गर्ने भएको छ । माघदेखि पब्लिक सेयरमा आस्वा लागू गरेको बोर्डले अबदेखि हकप्रद र एफपीओमा पनि आस्वा लागू गर्न लागेको हो ।

सम्बन्धित केन्द्रमा गएर हकप्रद र एफपीओको आवेदन दिँदा धेरै लगानीकर्ता छुटेकाले त्यसलाई सहजीकरणगर्न आस्वा लागू गर्न लागिएको बोर्डले जानकारी दिएको छ । ‘आस्वा लागू गर्ने सम्बन्धी प्रस्ताव धितोपत्र बोर्डले केही समयभित्रै बोर्ड संचालक समितिमा पेश गर्नेछ,’ बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले भने, ‘बोर्डबाट स्वीकृति भएर आएसँगै कार्यान्वयनमा आउनेछ ।’

सम्बन्धित बैंक वित्तीय संस्थामा गएर हकप्रद भर्नुपर्ने व्यवस्थाले गर्दा धेरैजसो लगानीकर्ताले आवेदन दिनै छुटाएका छन् । सेयर बजारमा लगानीमैत्री वातावरण निर्माणका लागि आस्वा अनिवार्य गर्न लागिएको बोर्डले जानकारी दिएको छ । हकप्रदमा पनि आस्वा लागू भएपछि अहिलेको जस्तो भर्न छुटाउन क्रम घट्ने र सबै लगानीकर्ताको पहुँच पुग्ने बोर्डको दावी छ ।

हकप्रद तथा अक्सनमा बैंक संचालहरुले आफुखुशी गर्न थालेपछि बोर्डले त्यसमा कडाई गर्दै नयाँ व्यवस्था लागू गर्न लागेको हो । केही समय अघि मात्र बोर्डले अक्सनमा जाँदा राष्ट्रिय पत्रिका, एफएम तथा अनलाईनमा सो सम्बन्धी विज्ञापन दिनुपर्ने व्यवस्था गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL