Logo

दुई वर्षपछि भैरहवा सेजको फेरि उद्घाटन, सञ्चालनमा ढिलाई तर उद्घाटन पटक पटक ?

दुई वर्षपछि भैरहवा सेजको फेरि उद्घाटन, सञ्चालनमा ढिलाई तर उद्घाटन पटक पटक ?


बिजखबर संवाददाता
0
Shares

करीब दुई वर्षअघि तत्कालिन उपप्रधानमन्त्री तथ गृहमन्त्री वामदेव गौतम र उद्योग मन्त्री महेश वस्नेतले संयुक्तरुपमा उद्घाटन गरेको भैरहवा सेजलाई आज फेरि उद्योगमन्त्री नविन्द्रराज जोशिले उद्घाटन गर्दैछन् ।

sez..

दुई वर्षअघि भैरहवा सेज उद्घाटन गर्दै त्यतिबेलाका उद्योगमन्त्री वस्नेतले तीन महिनाभित्र सेजमा उद्योग चलाउने दाबी गरेका थिए । त्यसको दुई वर्ष वितिसक्दा पनि भैरहवा सेजमा उद्योग स्थापना भएका छैनन् तर, सोहि सेजको दोस्रो पटक उद्घाटन भने हुँदै छ । भैरहवा सेजमा केहि उद्योग आउने निश्चित भइसकेको छ, केहिसँग सम्झौता हुँदैछ । सम्झौता भइसकेका उद्योग सञ्चालनमा आउन पनि कम्तीमा एक वर्ष लाग्ने देखिन्छ । तर, उद्घाटनमा भने सधै हतारो किन ?

एक पटक उद्घाटन भइसकेको भैरहवा सेजको उद्घाटन दोस्रो पटक किन ? हामीले सेज विकास समितिका उपसचिव सुन्दर थापालाई यो प्रश्न राख्यौं, जवाफमा उनले भने, ‘यसअघि सेजको उद्घाटन भएको, आज चाहि सेजको कार्यालयको उद्घाटन हुने हो ।’ यसअघि भैरहवा सेजको सवै काम काठमाडौं बाटनै हुन्थ्यो, अब चाहि भैरहवाबाट नै हुने छ ।

सेजमा डेडिकेटेड विद्युतको आपूर्ती, थप पूर्वाधार विकास तथा नियमावली ल्याउन जोड दिनुको साटो उद्घाटनमा मात्रै ध्यान दिनु हस्यास्पद भएको उद्योगीहरु बताउँछन् ।

भैरहवा सेजमा ६९ ओटा प्लट रहेका छन् । अधिकांश प्लटका लागि सम्झौता भइसकेको सेज विकास समितले जनाएको छ । सेज सञ्चालन सम्बन्धी कानुन पनि आईसकेको छ । नियमावली भने निर्माणको क्रममा रहेको छ । अबको एक वर्षभित्र सेज भित्र उद्योग समेत सञ्चालनमा आईसक्ने समितिका अधिकारीहरु बताउँछन् । ५२ विगाह क्षेत्रफलमा फैलिएको सेज सञ्चालनमा आएपछि निर्यात व्यापार प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL