Logo

निगमको अनलाईन टिकेटिङ तीन महिनाभित्रै, घरमा बसीबसी टिकट लिन सकिने

निगमको अनलाईन टिकेटिङ तीन महिनाभित्रै, घरमा बसीबसी टिकट लिन सकिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले अनलाइन टिकट बुकिङको तयारी थालेको छ । निगमले तीन महिनाभित्र अनलाइन टिकट तथा पेमेन्ट गेटवे (भुक्तानी प्रणाली) शुरुवात गर्ने भएको हो । यसका लागि सफ्टवेयर विकासलगायत सवै तयारी थालिएको निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंशाकारले जानकारी दिए ।

निगमले विमानको टिकट लिन कार्यालयसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न अनलाइन टिकटको व्यवस्था गर्न लागेको हो । यसका लागि  कम्पनी छनौट तथा सम्झौता समेत भइसकेको उनले जानकारी दिए । ‘टिकट बुकिङ तथा विद्युतीय भुक्तानी प्रणलीको लागि खुल्ला प्रतिशपर्धाबाट कम्पनी छनौट गरिसकेका छौं’ उनले भने ‘अवको ३ महिनाभित्र ति कम्पनीले काम शुरु गरिसक्ने छन् ।’

अनलाइन टिकट बुकिङ र भुक्तानीको लागि भारतीय र थाइल्यान्डको कम्पनीसँग सम्झौता भएको हो । जसअनुसार अनलाइन बुकिङको लागि भारतको सफ्टवेयर कम्पनी ‘बर्डस’ सफ्टवेयर निर्माणको जिम्मा पाएको छ । त्यस्तै अनलाइन भुक्तानीको लागि थाइ कम्पनीसँग सम्झौता भइसकेको छ ।

बुकिङ र भुक्तानीको लागि अनलाइन प्राणली शुरु भएपछि यात्रुलाई सेवा लिन सहज र सर्वसुलभ हुने निगमले विश्वास लिएको छ । संसारको जुनसुकै कुनाबाट पनि क्रेडिट कार्डबाट भुक्तानी गर्न मिल्ने र अनलाईनबाटै टिकट बुकिङ गर्न मिल्ने भएकोले टिकट खरिद विक्रीमा पारदर्शिता हुने उनले बताए । त्यस्तै भनसुनको भरमा टिकट पाइने भ्रमको पनि अन्त्य हुने उनको भनाई छ ।

निगलमे अन्य निजी क्षेत्रका एयरलाइन्सहरुको भन्दा सस्तो मूल्यमा टिकट उपलब्ध गराएपनि टिकटमा झण्झट भएको यात्रुको गुनासो छ । ‘अव टिकट बुकिङ र भुक्तानीमा यात्रुलाई सहज हुने छ’ कंसाकारले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL