Logo

धितोपत्र बोर्ड भन्छ, ‘अक्सन’मा मनपरी भयो, अब नयाँ व्यवस्था लागू हुन्छ

धितोपत्र बोर्ड भन्छ, ‘अक्सन’मा मनपरी भयो, अब नयाँ व्यवस्था लागू हुन्छ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयरको लिलामी (अक्सन) गर्दा सिमित व्यक्तिहरुले मात्र आफ्नो स्वार्थ पुर्ति गर्ने क्रम बढेकाले त्यसमा नयाँ व्यवस्था लागू गर्न लागिएको जानकारी दिएको छ । सेयर अक्सनमा जाँदा सामान्य खालमा पत्रिकामा सानो सुचना निकाल्ने र सम्बन्धित कम्पनीका संचालकहरुले मात्र त्यसबाट फाइदा लिने क्रम बढेकाले नयाँ व्यवस्था गर्न लागिएको हो ।

मौजुदा व्यवस्था अवनुसार सेयर लिलामीको सम्बन्धमा बोर्डले नियमन नगर्ने भएकाले अवका दिनमा त्यसलाई समेत नियमन गर्ने गरी नयाँ व्यवस्था ल्याउन लागेको हो ।

यस अघि हकप्रदमा सिमिति व्यक्तिको मात्र पहुँच पुगेको भन्दै बोर्डले नयाँ व्यवस्था गरेको थियो । अबका दिनमा सेयर लिलामीको प्रक्रियामा पनि सोही व्यवस्था लागू गर्न लागिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । ‘सेयर अक्सनमा निकाल्दा नयाँ व्यवस्था गर्ने सम्बन्धमा छलफल भइरहेको छ,’ उनले भने, ‘केही समयभित्रै नयाँ व्यवस्था लागू हुनेछ ।’

बोर्डका अनुसार आगामी दिनमा सेयर अक्सनमा जाँदा दुई ओटा राष्ट्रिय स्तरको पत्रिका, रेडियो एफएम तथा अनलाईनमा सुचना प्रकाशित गर्नुपर्ने छ । अक्सनमा जाँदा त्यसको सुचना राजधानीमा मात्र केन्द्रित भएकाले सो सम्बन्धमा सम्बन्धित सेयर होल्डर तथा सबैमा सुचनाको पहुँच पुर्याउन नयाँ व्यवस्था गर्न लागिएको हो ।

पछिल्लो समय संचालकहरुको मिलेमत्तोमा सिमिति अवधिको लागि सेयर अक्सनमा निकाल्ने र आफुहरुले नै उक्ता सेयर उठाउने गरेको पाइएको छ । नयाँ व्यवस्था लागू गरेसँगै सेयर लिलामीको सम्बन्धमा देखिएको समस्या हट्ने बोर्डको दावी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL