Logo

अब सगरमाथा बाटै भिडियो कल र फोटो सेयर

अब सगरमाथा बाटै भिडियो कल र फोटो सेयर


रक्षा रेग्मी
0
Shares

काठमाडौं । अब पर्वतारोहीहरुले सगरमाथा बेसक्याम्पबाटै भिडियो तथा फोटो सेयर गर्न सक्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले लुक्लाबाट सगरमाथा वेस क्याम्पसम्म इन्टरनेट राख्ने तयारी गरेसँगै यो सम्भव हुने भएको हो ।

प्राधिकरणले नेपालको पर्यटन प्रवद्र्धन तथा पर्वतारोहीहरुको सुरक्षाका लागि सगरमाथा वेसक्याम्पसम्म इन्टरनेट राख्ने तयारी गरेको प्राधिकरणका अध्यक्ष दिगम्वर झाले जानकारी दिए । यसका लागि इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटियु)सँग २ चरणको छलफल भइसकेको समेत उनले बताए ।

झाका अनुसार सगरमाथा बेसक्याम्पसम्म वाइफाइ राख्न अपरेसन तथा मेन्टेनेन्स प्राधिकरणले गर्छ । त्यस्तै प्राधिकरणले अन्नपूर्ण हिमशृंखलामा पनि इन्टरनेट राख्ने तयारी गरेको जानकारी दिएको छ । विभिन्न प्राकृतिक प्रकोपबाट पर्यटकको मृत्यु भएको भन्दै सुरक्षाका लागि पनि इन्टरनेट सेवा पुर्याउन लागेको हो ।

त्यस्तै यसले पर्यटन प्रवद्र्धनमा पनि ठूलो भुमिका निर्वाह गर्ने झाले बताए । ‘वेस क्याम्पबाट विदेशीहरुले लाइभ भिडियो कल तथा फोटो सेयर गर्न सक्छन्’ बुधबार एका कार्यक्रममा बोल्दै उनले भने, ‘यसले अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्छ ।’

सो अवसरमा उनले झाले व्रोडव्याण्ड मास्टर प्लान तयार भएको तर त्यसमा केही त्रुटि भएकोले सरकारबाट स्वीकृत नभएको जानकारी दिए । त्यस्तै, प्राधिकरणले त्यसको परिमार्जन शुरु गरेको समेत बताए । कार्यक्रममा उनले नेपाललाई २०२२ सम्ममा ‘व्रोडव्याण्ड नेशन’ मा परिमार्जन गर्ने गरी तयारी शुरु गरिएको समेत उनको भनाइ थियो । ‘जसअनुसार २०२० सम्ममा ९५ प्रतिशत घरमा इन्टरनेट पुर्याउने लक्ष्य छ,’ उनले भने । उनका अनुसार त्यसका लागि ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गर्न शुरु गरेको छ ।

सो अवसरमा उनले इन्टरनेटको पहुँच भएको स्थानमा सामुदायिक सूचना केन्द्र खोल्ने जानकारी दिए । इ–विजनेश र इ–गर्भनेनसलाई अघि बढाउने योजना अघि सारेको जानकारी दिँदै जाजरकोट, हुम्लाजस्ता जिल्लामा इ–लर्निङका लागि सामग्री उपलब्ध गराउन पर्ने बताए । ‘यसमा सम्वन्धित मन्त्रालयले काम गर्ने हो,’ उनले भने ‘हामीले डिभाइस उपलब्ध गराउने छौं ।’

कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले नीति निर्माताले सूचना प्रविधिलाई प्राथमिकतामा नराखेको भन्दै त्यसलाई विकासका प्रक्रियामा जोड्न आवश्यक रहेको बताए । त्यस्तै गाउँ–गाउँमा रहेका तर प्रयोगमा नआएका ‘स्पेक्ट्रम’ लाई प्रयोगमा ल्याउन समेत प्रदायकलाई आग्रह गरे ।

सो अवसरमा उनले शहरी क्षेत्रभन्दा ग्रामिण भेगमा सूचना प्रविधिको पहुँच पुर्याउन आवश्यक रहेको बताए । कार्यक्रममा सुचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले विशेषगरी निजी क्षेत्रले नेपालमा सूचना सञ्चार तथा प्रविधिलाई नेपालमा ल्याउन सहयोग गरेको बताए । निजी क्षेत्रलाई लक्षित गर्दै नयाँ नीति तथा कार्यक्रम ल्याउनु आवश्यक भएकोमा जोड दिए ।

कार्यक्रममा आइटियुका एशियाका लागि क्षेत्रिय सिनियर एड्भाइजर समिर शर्माले नेपाल सूचना प्रविधि विकास सूचाङ्कमा एशियामा २८ औं स्थनमा रहेको जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL