Logo

नेशनल ट्रेडिङको ‘भीआरएस’ अन्तिम चरणमा, २४० कर्मचारीको आवेदन, प्रतिव्यक्ति ६० लाखसम्म

नेशनल ट्रेडिङको ‘भीआरएस’ अन्तिम चरणमा, २४० कर्मचारीको आवेदन, प्रतिव्यक्ति ६० लाखसम्म


रामराजा श्रेष्ठ
27
Shares

काडमाडौं । नेशनल ट्रेडिङले संस्थालाई चुस्तदुरुस्त बनाउन कर्मचारीहरुको स्वेच्छिक अवकाश (भीआरएस) प्रक्रियालाई अघि बढाएको छ । हाल संस्थानमा रहेका कर्मचारीबाट संस्थालाई आधुनिक प्रणालीमा लैजान नसकिएको निष्कर्ष निकाल्दै भीआरएस प्रक्रिया अघि बढाएको हो ।

संस्थाले बढाएको भीआरएस प्रक्रिया स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पुगेको नेशनल ट्रेडिङका महाप्रवन्धक लवराज जोशीले बताए । ‘हामीले भीआरएसमा जान चाहने कर्मचारीसँग आवेदन संकलन गरी सहमतिका लागि अर्थमा पठाएका छौं,’ उनले भने, ‘अर्थबाट सहमति आउने वित्तिकै सो प्रक्रिया अघि बढ्ने छ ।’

हाल संस्थामा २ सय ८४ जना कर्मचारी कार्यरत छन् । तीमध्ये २ सय ४० जना कर्मचारी भीआरएसमा जान इच्छुक देखिएका उनले जानकारी दिए । कम्पनीको नियमावली तथा सरकारी सेवा सुविधा अन्तरगत रहेर अवकाश दिन लागिएको हो । जसअनुसार भीआरएसमा जाँदा प्रति कर्मचारी न्युनतम १५ लाख रुपैयाँदेखि ६० लाख रुपैयाँसम्म दिनुपर्ने हुन्छ ।

जग्गासँग कर्मचारी सटही

नेशनल ट्रेडिङले आफुसँग भएको जग्गा विक्री गरेर कर्मचारीलाई भिआरएसमा पठाउने भएको छ । कर्मचारीलाई त्यतिकै राख्दा संस्थान दैनिक रुपमा घाटामा जाने भएकाले जग्गा विक्री गरेरै भएपनि उनीहरुलाई स्वेच्छिक अवकाश दिन लागिएको हो । हाल आवेदन दिएका सवै कर्मचारीलाई भीआरएसमा पठाउन १ अर्ब ४९ करोड रुपैयाँ लाग्नेछ । जसमध्ये २ सय ४० कर्मचारीको स्वेच्छिक अवकाशका लागि १ अर्ब ३५ करोड रुपैयाँ र यसअघि छोडेका कर्मचारीको पेन्सनका लागि १४ करोड रुपैयाँ लाग्ने जोशीले जानकारी दिए । सो रकम जुटाउनका लागि रामशाहपथमा आफुसँग रहेको जग्गा अर्थ मन्त्रालयलाई विक्री गर्ने प्रक्रिया अघि बढाएको छ । नेशनल ट्रेडिङसँग राहशाहपथमा २६ रोपनी जग्गा रहेको छ । हाल सो जग्गामा यातायात व्यवस्था विभागले सवारी चालक अुनमतिपत्रको ‘ट्रायल’ संचालन गर्दै आएको छ ।

संस्थानलाई गति दिन भीआरएस

संस्थालाई आधुनिक प्रणालीमा रुपान्तरण गर्दै अघि बढाउनका लागि पनि भीआरएस अनिवार्य रहेको महाप्रबन्धक जोशी बताउँछन् । ‘संस्थानलाई अघि बढाउनका लागि धेरै खालका कार्ययोजना छन्,’ उनले भने, ‘तर, अहिले भएकै कर्मचारीबाट त्यसलाई कार्यान्वयन गर्न असम्भव देखिएपछि भीरआरएस रोजेका हौं ।’ पुरानाका ढर्रराका कर्मचारीबाट संस्थालाई आधुनिक प्रविधिमा रुपान्तरण गर्न नसकिएपछि भीआरएसको विकल्प नभएको समेत उनको तर्क छ । सो विषयमा कार्यरत कर्मचारीसँग छलफल गरेर उनीहरुकै सुझावका आधारमा भीआरएस प्रक्रियालाई अघि बढाइएको उनले जानकारी दिए ।

पुरानाको ठाउँमा नयाँ

संस्थाले भीआरएसबाट अवकास दिइएको कर्मचारीको ठाउँमा नयाँ कर्मचारी भर्ती गर्ने भएको छ । संस्थालाई सफल रुपमा संचालन गर्न आधुनिक र प्रविधिमा दक्ष कर्मचारी नियुक्ती गर्नुपर्ने जोशी बताउँछन् । नेशनल ट्रेडिङले २०५७ सालयता नयाँ कर्मचारी नियुक्त गरेको छैन । नयाँ रणनीति योजना अनुरुप अघि बढ्नका लागि सोही अनुरुप दक्ष कर्मचारी आवश्यक पर्ने उनको तर्क छ । हाल नेशनल ट्रेडिङले पेट्रोलियम पदार्थ, नुन, चिनी, खाद्यान्न तथा घरायसी सामान उपभोक्तालाई बजारमूल्यभन्दा सस्तोमा विक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL