Logo

नयाँ मर्जर/एक्विजिशन नियमावली जारी, सैद्धान्तिक सहमति तोडेमा कारवाही

नयाँ मर्जर/एक्विजिशन नियमावली जारी, सैद्धान्तिक सहमति तोडेमा कारवाही


बिजखबर संवाददाता
0
Shares

नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिशन सम्बन्धी नयाँ नियमावली जारी गरेको छ । मौजुदा नियमावली अनुसार मर्जर तथा एक्विजिशनमा जाँदा केही बैंक तथा वित्तीय संस्थाले आफुखुशी सम्झतौ तोड्ने तथा मर्जरका क्रममा अप्ठ्याराहरु सिर्जना भएकाले नयाँ नियमावली जारी गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंक संचालक समितिको गतहप्ता बसेको संचालक समितिको बैठकले मौजुदा नियमावलीमा परिवर्तन गरी नयाँ जारी गरेको हो ।

नयाँ नियमावली अनुसार अवका दिनमा बैंक तथा वित्तीय संस्थाले आफुखुशी मर्जर तथा एक्विजिशन सहमति तोड्न सक्नेछैनन् । नियमावलीको उप विनियम (१) बमोजिम सैद्धान्तिक सहमति प्राप्त गरेका संस्थाहरुले मर्जर वा एक्विजिशन प्रक्रियालाई मनासीव कारण सहित राष्ट्र बैंकको स्वीकृति नलिई आफूखुशी भंग गरी त्यस्तो प्रक्रियाबाट अलग भएको निर्णय गर्न सक्ने छैनन् । यदि आगामी दिनमा मर्जर वा एक्विजिशनका लागि सैद्धान्तिक सहमति लिएका संस्थाहरु आफुखुशी भंग गरेमा कारवाही गरिने नेपाल राष्ट्र बैंकका डपुटी गभर्नर चिन्तामणी शिवाकोटीले बताए ।

सोही नियमावलीको दफा ३ को उप विनियम (१) बमोजिम सैद्धान्तिक सहमति प्राप्त गरेका संस्थाहरुबाट गाभ्ने गाभिने वा प्राप्ति प्रक्रियाबाट अलग हुन मनासीव माफिकको कारण खुलाई सञ्चालक समितिको निर्णय तथा संयुक्त मर्जर वा प्राप्ति समितिको सहमति सहित निवेदन दिएमा राष्ट्र बैंकले सैद्धान्तिक सहमति रद्द गर्न सक्नेछ । तर, सो संस्थाहरुमध्ये केही संस्थाहरु एक आपसमा मर्जर वा एक्विजिशनका लागि सहमत भएको अवस्थामा राष्ट्र बैंले औचित्यता हेरी ती संस्थाहरुको लागि सैद्धान्तिक सहमति कायम राख्न सक्नेछ ।

नयाँ नियमावली जारी भएसँगै अबका दिनमा मर्जर वा एक्विजिशनमा जादा कुनै पनि कम्पनीको सेयर स्वाप रेसियो एक सयभन्दा बढी हुनेछैन । बैंक वित्तीय संस्थाले मर्जर गर्दा सेयर स्वाप रेसियो एक सयभन्दा बढी राखेकाले त्यसमा रोक लगाइएको शिवाकोटीले जानकारी दिए । अबका दिनमा मर्जर तथा एक्विजिशन गर्दा मुख्य कम्पनीको स्वाप रेसिया एक सयभन्दा माथि नरहने र अन्य कम्पनीको सोभन्दा तल रहने छ ।

राष्ट्र बैंकले मर्जर तथा एक्विजिशनको क्रममा ती संस्थाहरुको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कनका लागि मूल्याङ्कनकर्ता नियुक्त प्रक्रियालाई भने केही समज बनाएको छ । अबका दिनमा नेपाल चार्टर्ड एकाउन्टेण्ट्स संस्थाबाट पेशागत प्रमाणपत्र लिएको तथा कम्तिमा एक साझेदारको न्यूनतम योग्यता बरिष्ठ चार्टर्ड एकाउन्टेण्ट्स भई अन्य साझेदारहरु चार्टर्ड एकाउण्टेन्सी उत्तिर्ण गरी न्यूनतम ५ बर्षको अनुभव भएको फर्मबाट डीडीए गराउन सक्नेछन् । त्यसका साथै ‘क’ वर्गको इजाजतपत्रप्राप्त संस्था मर्जर वा एक्विजिशनमा जादा त्यस्ता फर्ममा कम्तीमा ३ जना चार्टर्ड एकाउन्टेण्ट्स कार्यरत रहेको व्यक्तिले डीडीए गर्न सक्नेछन् ।

बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को पूर्ण विवरण

प्रतिक्रिया दिनुहोस्
MBL