Logo

१० वर्षपछि खिम्ती–ढल्केवर, कहिले सकिएला डवल सर्किटको काम ?

१० वर्षपछि खिम्ती–ढल्केवर, कहिले सकिएला डवल सर्किटको काम ?


रक्षा रेग्मी
27
Shares

रामेछाप । निर्माण कार्य थालनी भएको करिब १० वर्ष पछि खिम्ती –ढल्केवर २२० केभी प्रसारण लाइन संचालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले तत्कालका लागि सिङ्गल सर्किटमा उक्त प्रशारण लाइन संचालनमा ल्याएको हो ।

कुल ७ सय मेगावाट विद्युत आयात–निर्यात क्षमता रहेको सो प्रशारण लाइनको तत्कालका लागि सिङ्गल सर्किटमा ३ सय ५० मेगावाट मात्र क्षमता रहेको छ । हाल डबल सर्किटको काम द्वुत गतिमा भइरहेको र केही समयभित्रै संचालनमा ल्याइने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

घिसिङका अनुसार डवल सर्किटको काम ६० प्रतिशत सकिएको छ ‘हामीले डबल सर्किटको कामलाई पनि द्वुत गतिमा अघि बढाएका छौं,’ उनले भने, ‘चाँडै नै सञ्चालनमा ल्याउने छौं ।’ डवल सर्किटबाट ७ सय मेगावाट विद्युत आयात तथा निर्यात गर्न सकिने छ । प्रसारण लाइनको पहिलो सर्किट कलपत्रु पावर ट्रान्समिसन लिमिटेडले निर्माण गरेको हो । दोस्रो सर्किट डालियन गुआनमिङ मेकानिकल एण्ड इलेक्ट्रीकल इन्सटिलेसन कम्पनी लिमिटेड र मुडभरी जोसी कन्सट्रक्सन प्रालीले निर्माण गरिरहेको छ ।

त्यसैगरी सवस्टेशनको विस्तारको जिम्मा कुडभरी एण्ड जोशी कन्स्ट्रक्सनले गरेको उनले जानकारी दिए । खिम्ती–ढल्केवर प्रसारण लाइनले लोडसेडिङ अन्त्य गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको घिसिङले जानकारी दिए । यसले काठमाडौंका केही भागमा ढक्लेबारबाट आपूर्ति गर्न थालिएको उनको भनाइ छ । काठमाडौंको लाइन बन्द भएपनि खिम्तीको पावर ढल्केवारबाट अन्य स्टेशनमा प्रसारण गर्न सकिन्छ ।

khimti-sustation

सो प्रसारण लाइनको क्षमता ३ सय ५० मेगावाट भएपनि अहिले काठमाडौंको माग अनुसार ७० मेगावाट प्रसारण मात्र गरेको उनले जानकारी दिए । त्यसैगरी यसले पोखरामा पनि लोडसेडिङ घटाउन मद्धत गरेको बताए छ । पोखराबाट काठमाडौं पावर ल्याउन नपरेकोले पोखरामा पनि लोडसेडिङ कम गर्न मद्धत गरेको छ । खिम्तीसँग जोडिएपछि भोल्टेज तथा पावर गुणस्तरको समस्या हटेको छ । खिम्ती ढल्केवर ट्रान्समिशन लाइन निर्माणका लागि १ अर्व ९५ करोड रुपैयाँ खर्च भएको छ ।
घिसिङका अनुसार यो नेपालको पहाड र तराई जोड्ने सवैभन्दा ठूलो प्रशारण लाइन हो । यसबाट नेपाल–भारतको पावर खरिद सकिने छ । आगामी दिनमा यो ट्रान्समिशन लाइनले मात्र नपुग्ने भएकोले ४ सय केभी लाइन टेन्डर प्रक्रिया अघि बढाइएको छ । ‘खिम्ती देखि बाह्रविसे हुँदै काठमाडौंसम्मको लाइन टेन्डर गरेका हौं,’ उनले भने, ‘त्यस्तै खिम्तीबट ढल्केबार सम्म लुप बनाउन सर्भे शुरु भएको छ ।’ यसले सुनकोसी, तामाकोसी लगायतबाट आउने ‘पावर फ्लो’ गर्न सहयोग गर्छ ।

आयोजना संचालनमा आएसँगै न्यून भोल्टेजको समस्या समाधान हुने, प्रसारण लाइन लस १० मेवासम्म कम हुने तथा हिउँदमा ढल्केवरबाट हुने आयातलाई काठमाडौंसम्म पुर्याउन सकिने उर्जा मन्त्री जर्नाजन शर्माले बताए । ‘बर्षातमा खिम्तिको लाइन काठमाडौं पुगेर विराटनगर तथा विरगञ्ज पुग्नुपर्ने हुन्थ्यो अव त्यस्तो समस्या हुँदैन,’ उनले भने, ‘यसले ट्रान्समिसन लसलाई कम गर्नेछ ।’ साथै रामेछाप, दोलखा र ओखलढुंगाका जलविद्युत आयोजनाहरुलाई समेत सहयोग गर्ने छ ।

तामाकोसी देखि खिम्तीसम्मको नयाँ खिम्ती अन्तिम चरणमा पुगेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । प्रभावित जिल्लामध्ये रामेछापको ३६, दोलखाको २७ र सिन्धुलीको ११ गाविसमा विद्युतीकरण गर्न लागिएको छ । यो विश्व बैंकको ऋण तथा अनुदान सहयोग र सरकार र प्राधिकरणको सहयोगमा बनाइएको छ । विद्युतीकरणका लागि १ अर्वको कार्यक्रम अघि बढेको छ । यसले तीन जिल्लामा विद्युतीकरणमा सहयोग गर्ने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL