Logo

रुग्ण उद्योग संचालनमा रकम जुटाउँदै लगानी कोष, एनआरएन र रोजगारीमा गएका कामदारको पैसा उठाइने

रुग्ण उद्योग संचालनमा रकम जुटाउँदै लगानी कोष, एनआरएन र रोजगारीमा गएका कामदारको पैसा उठाइने


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नागरिक लगानी कोषले रुग्ण उद्योग संचालनका लागि लगानी जुटाउने भएको छ । सरकारले हाल बन्द रहेका सरकारी तथा निजी उद्योग संचालन गर्ने निर्णय गरेसँगै कोषले सोका लागि लगानी जुटाउन गृहकार्य शुरु गरेको हो ।

कोषले रुग्ण उद्योग संचालनमा लगानी जुटाउन छुट्टै कार्ययोजना तयार गरेको छ । हाल कोषले आन्तरित रुपमा कार्ययोजना तयार गरेको र सो सम्बन्धमा अर्थ मन्त्रालयल र उद्योग मन्त्रालयसँग छलफल हुन बाँकी रहेको कोषका कार्यकारी दिर्नेशनक रामकृष्ण पोखरेलले बिजखबरलाई बताए । ‘कसरी रकम जुटाउने भन्ने विषयमा हामीले आन्तरित रुपमा एउटा खाका तयार गरेका छौं,’ उनले भने, ‘तर, सो सम्बन्धमा विस्तृत छलफल हुन बाँकी नै छ ।’

केही समय अघि उद्योग मन्त्रालयले रुग्ण अवस्थामा रहेका सरकारी तथा निजी उद्योग संचालन गर्ने घोषणा गरेको थियो । स्वदेशमै रोजगारी सिर्जना तथा स्वदेशी बस्तुको उत्पादन बढाउन बन्द रहेका उद्योग संचालनमा मन्त्रालयले भौतिक, नीतिगत र पूर्वाधारजस्ता कुराहरु सहयोग गरिने उल्लेख गरेको थियो । सोही अनुरुप रुग्ण उद्योगलाई लगानी जुटाउने सम्बन्धमा उद्योग मन्त्री नविन्द्रराज जोसीसँग छलफल समेत भएको पोखरेलले जानकारी दिए ।

कोषले त्यस्ता उद्योग संचालनका लागि वैदेशिक रोजगारीमा गएका नेपाली कामदार तथा गैर आवासीय नेपालीको लगानी भित्र्याउने तयारी गरेको छ । बैदेशिक रोजगारीमा गएका कामदारले कमाएको पैसा अनुत्पादनक क्षेत्रमा खर्च भइरहेको र एनआएनले पनि नेपालमा लगानी गर्न ठाउँ खोजिरहेकाले सोही अनुरुप अघि बढेको कोषले जानकारी दिएको छ ।

पोखरेलका अनुसार कोषले रुग्ण अवस्थामा रहेका उद्योगहरु संचालनका लागि आफैले लगानी गर्नुभन्दा पनि इक्विटी जुटाइदिने काम गर्नेछ । ‘सर्वप्रथप रुग्ण अवस्थामा रहेका संस्थान तथा अन्य उद्योगहरुको डीडीए गरेर त्यसको वास्तविक मूल्य निकाल्नुपर्छ,’ उनले भने, ‘त्यसपश्चात उद्योग संचालनका लागि आवश्यक रकम जुटाइदिने भुमिका कोषले निर्वाह गर्नेछ ।’ कोषले अहिले पनि रकम संकलन गरेर जलविद्युत लगायतका परियोजनामा लगानी गरेको जानकारी दिँदै रुग्ण उद्योग संचालनका लागि पनि नेतृत्व गर्ने उनको भनाइ थियो ।

रुग्ण उद्योग संचालनमा जनताको लगानी आएसँगै त्यसको व्यवस्थापन लगायत अन्य सवै पक्ष पारदर्शी हुने समेत उनको दावी छ । अहिले कतिपय संस्थानहरु राजनीतिकरणले विग्रीएको जानकारी दिँदै त्यस्ता उद्योगमा जनसहभागित भएसँगै व्यवस्थापनमै जनताले नेतृत्व गर्ने उनले जानकारी दिए ।

सरकारले केही समय अघि निजी क्षेत्रका रुग्ण उद्योगहरु संचालनका लागि आवश्यक सहयोग गर्ने भन्दै उद्योग विभाग तथा घरेलु उद्योग र जिल्ला स्थित सम्बन्धित कार्यालयमा निवेदन दिन आग्रह गरेको थियो । तर, उद्योग विभागमा भने रुग्ण उद्योग संचालनका लागि आवेदन नआएको विभागका महानिर्देशक प्रदिप कोइरालाले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL