Logo

दैनिक तरलता जारी गर्दै राष्ट्र बैंक, तरलता अफर कहिलेसम्म ?

दैनिक तरलता जारी गर्दै राष्ट्र बैंक, तरलता अफर कहिलेसम्म ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा देखिएको तरलता समस्या समाधान गर्न गत हप्तादेखि जारी गर्न शुरु गरेको तरलतालाई अहिले पनि निरन्तरता दिएको छ । बैंक तथा वित्तीय संस्थाले उक्त तरलता खरिद नगरेपनि राष्ट्र बैंकले भने त्यसलाई निरन्तरता दिँदै आएको छ ।

बैंक तथा वित्तीय संस्थाको आग्रह बमोजिम नै नेपाल राष्ट्र बैंकले तरलता जारी गरेकाले यसलाई अझै केही समय निरन्तरता दिइने राष्ट्र बैंकका राष्ट्र ऋण विभागका कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले जानकारी दिए । ‘जससम्म बैंक वित्तीय संस्थाले तरलता समस्या समाधान भयो भन्दैनन् तवसम्म राष्ट्र बैंकले विभिन्न खालका तरलता जारी गरिरहन्छ,’ उनले भने ।

राष्ट्र बैंकले शुरुका दुई दिन ४०÷४० अर्ब रुपैयाँको ‘आउट रिच पर्चेज’ जारी गरेको थियो । त्यसपछि २ दिन १० अर्ब रुपैयाँको जारी गरेको थियो । तर, आज राष्ट्र बैंकले ५० करोड रुपैयाँको ट्रेजरी बिल अक्सन गरेको छ । यसैगरी भोली भने १० अर्ब रुपैयाँको विकास ऋण पत्र जारी गर्ने बताएको छ ।

बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्न पैसा नभएको भन्दै राष्ट्र बैंकसँग गुहार मागेपछि उनीहरुसँग भएको ट्रेजरी विल तथा विकास ऋणपत्र खरिद गरेर पैसा उपलब्ध गराउन लागिएको पंगेनी बताउँछन् । ‘बैंक वित्तीय संस्थाले रकम अभाव भएको भन्दै सरकारको ढोका ढक्ढक्याउन थालेपछि राष्ट्र बैंकले तरलता उपलब्ध गराएको हो,’ उनले भने, ‘जबसम्म उनीहरु कराउन छाड्दैनन् तवसम्म राष्ट्र बैंकले तरलता जारी गरिरहन्छ ।’

हाल बैंक तथा वित्तीय संस्थाले तरलता अभाव भएको भन्दै कर्जा प्रवाह गर्न छाडेका छन् । तर, राष्ट्र बैंकले अर्बौं रुपैयाँको तरलता जारी गरेपनि उनीहरुले खरिद गरेका छैनन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL