Logo

एनसेलको प्रति मेगाहर्ज कमाइ २ अर्ब, टेलिकमको ५७ करोड मात्र, कहाँ भयो गडबडी ?

एनसेलको प्रति मेगाहर्ज कमाइ २ अर्ब, टेलिकमको ५७ करोड मात्र, कहाँ भयो गडबडी ?


रक्षा रेग्मी
27
Shares

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले दुरसञ्चार सेवाका लागि सेवा प्रदायकलाई वितरण गरेको फ्रिक्वेन्सीको प्रभावकारी प्रयोगमा एनसेल निकै अगाडी दिएको छ । सिमित स्रोतको रुपमा रहने फ्रिक्वेन्सीको अधिकतम प्रयोग गरी आम्दानी गरेको आधारमा एनसेल अगाडी देखिएको हो ।

प्राधिकरणका अनुसार नेपाल टेलिकमले विभिन्न फ्रिक्वेन्सी ब्याण्डमा गरि ७० मेगाहर्ज फ्रिक्वेन्सी प्राप्त गरेको छ । त्यस्तै एनसेलले सेवा सञ्चालनका लागि २९ मेगाहर्जको अनुमती प्राधिकरणबाट पाएको छ । प्राधिकरणकै तथ्याङ्क अनुसार टेलिकमको बार्षिक आम्दानी गत आवमा करिब ४० अर्ब रुपैयाँ थियो । एनसेलले गत आवमा ५७ अर्ब आम्दानी गरेको लेखापरिक्षण प्राधिकरणलाई बुझाएको छ ।

nepal-telecom

 

सेवा प्रदायकको आम्दानी अनुसार एनसेलले प्रति मेगाहर्ज बार्षिक करिब दुई अर्ब आम्दानी गर्छ । टेलिकमले प्राप्त गरेको फ्रिक्वेन्सी र आम्दानीको अनुपात अनुसार प्रति मेगाहर्ज आम्दानी ५७ करोड रुपैयाँ मात्र देखिन्छ ।

सेवा प्रदायकले फ्रिक्वेन्सीको उचित प्रयोग नगर्दा अपेक्षित आम्दानी हुन नसकेको दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्वर झा बताउँछन् । मोबाइल सेवा प्रदायकको आम्दानी नेटवर्क प्लानिङमा भर पर्छ । टावर कहाँ राख्ने, कतिवटा राख्ने, मार्केटिङ कसरी गर्नेलगायत नेटवर्क प्लानिङ नहुँदा सेवा प्रदायकले सोचे अनुसार आम्दानी गर्न नसकेको उनले बताए ।

नेपाल टेलिकम र एनसेलको हकमा त्यस्तै भएको उनले जानकारी दिए । ‘एनसेलको मार्केटिङ, क्याम्पेनीङ तथा टावरको व्यवस्थापन राम्रो छ तर टेलिकमको नेटवर्क प्लानिङ कमजोर छ,’ उनले भने, ‘यसले गर्दा पनि एनसेलले थोरै इन्पुट दिएर धेरै आउटपुट निकाल्न सक्यो भने एनटिसीले सकेन ।’

त्यस्तै टेलिकमका उपकरणहरु पनि गुणस्तरीय प्रयोग नगरेकोले उचित आम्दानी गर्न नसके दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउँछन् । दुवै प्रदायकले हुवावे र जेटिइको पूर्वधार प्रयोग गरे पनि त्यसमा समयअनुसार अपग्रेड नगर्दा टेलिकम पछी परेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL