Logo

आगामी असोजभित्र देशभर फोरजी सेवा,१ महिनाभित्र नेटवर्क सुधार गर्न टेलिकमलाई विकास समितिको निर्देशन

आगामी असोजभित्र देशभर फोरजी सेवा,१ महिनाभित्र नेटवर्क सुधार गर्न टेलिकमलाई विकास समितिको निर्देशन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले नेपाल टेलिकमलाई नेपाल दूरसञ्चार प्राधिकरणले फोरजीको स्वीकृति दिएको १ बर्ष भित्र देशभर फोरजी सेवा उपलब्ध गराउन निर्देशन दिएको छ । बुधवार बसेको समितिको बैठकले आगामी ८ महिनाभित्र देशभर फोरजी सेवा पुर्याउन निर्देशन दिएको हो । ‘फोरजी ७ सय र १८ सयमा फ्रिक्वेन्सीमा भएपनि देशभर उपलब्ध गराउन टेलिकमलाई निर्देशित गर्छ’ बैठकमा सभापति रविन्द्र अधिकारीले भने ।

संभव भएसम्म न्यूनतम शुल्कमा गुणस्तरिय  भ्वाइस कल र इन्टरनेट सेवा उपलव्ध गराउन, सेवा र प्रविधिको स्तरोन्नती गर्दा आफ्ना अधिकाशं उपभोक्ताहरु लाभान्वित हुने गरि दायरामा आउने गरि, पूर्ण गृहकार्य गरेर मात्र कार्यान्वयन गर्न गराउन टेलिकमलाई निर्देशन दिएको हो ।  सो सम्वन्धमा आवश्यक सहजीकरण गर्न नेपाल दुरसञ्चार प्राधिकरण र सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देश गरेको छ ।

त्यस्तै दूरसञ्चार विकास कोष (आरटिडिएफ) प्रयोग ग्रामिण भेगका सामुदायिक विद्यालय, स्वास्थ्यचौकी तथा सरकारी कार्यलयमा इन्टरनेट पुर्याउन समितिले निर्देशन दिएको छ । त्यसैगरी इ लर्निङ,इ गर्भनेन्सलगायतका लागि पूर्वाधार उपलब्ध गराउन सूचना तथा सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । त्यस्तै अघिल्ला बैठकहरुमा दिएका निर्देशन कार्यन्वयन नभएको भन्दै पून निर्देशन दिएको छ ।

समितिले कानुन बमोजिम निर्धारित समयभित्र काम गर्न र दूरसञ्चारलाई समयसापेक्ष नियमन गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । नेपाल टेलिकमले गुणात्मक भन्दा संखयात्मक बृद्धितिर लागेकोले सेवाको गुणस्तरमा सुधार नभएको समितिको ठहर छ ।  विद्यूत आपुर्ति भएको अवस्थामा समेत समयमा नै फोन नलाग्ने, आावाजमा अस्पष्टता, भनिए जस्तो इन्टरनेटको गति नहुनु, रिचार्ज नहुने जस्ता समस्याहरु अझै पूर्णरुपमा समाधान हुन नसकेकोले १ महिनाभित्र समस्या समाधान गर्न तथा समयमै उपभोक्ताको गुनासो सुनुवाइ गर्न निर्देश्न दिएको छ । समयमा गुनासो  सुनुवाइ नभएको अवस्थामा क्षतिपूर्ती प्रदान गर्न नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणलाई निर्देश गरेको छ ।

भावी दिनहरुमा नेपाल टेलिकमको प्रतिस्पर्धात्मक क्षमतालाई अभिवृद्दि गर्न रणनैतिक साझेदारको नै महसुस भएता पनि हालसम्म रणनीतिक साझेदार सम्वन्धमा प्रक्रिया अगाडी नबढेको भन्दै  उक्त प्रक्रियालाई अगाडी बढाउन  मन्त्रालय र नेपाल दूर सञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई निर्देशन दिएको छ ।

समितिको अघिल्ला बैठकमा दिएका निर्देशनहरु नीति तथा कार्यक्रममा आएपनि परिणामा नआएको भन्दै सभापति अधिकारीले सम्वन्धित निकायलाई स्पष्टिकरण सोधेका थिए । जसअनुसार सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले समितिको निर्देशन अनुसार भएका प्रगती विवरणको समिक्षा गरे । बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्वर झाले अप्टिकल फाइवर,फ्रिक्वेन्सी अक्सन,फोरजीलगायतका बारेमा भएका प्रगती प्रस्तुत गरे ।

त्यस्तै नेपाल टेलिकमका प्रवन्ध निर्देश्क कामिनी राजभण्डारीले नेपाल टेलिकमले चालु आवमा गरेको प्रगती तथा भावी योजना सुनाइन् । उनका अनुसार हाल ४१ हजार ग्राहकले फोरजी सेवा उपयोग गरिरहेका छन् । त्यस्तै आइफोनमा फोरजी सेवा सञ्चालनका लागि तयारी भइरहेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
MBL