Logo

राष्ट्र बैंकले दिएको तरलता बैंकहरुले लिएनन्, ४० अर्ब माग गरेकोमा २ अर्बको मात्र आवेदन

राष्ट्र बैंकले दिएको तरलता बैंकहरुले लिएनन्, ४० अर्ब माग गरेकोमा २ अर्बको मात्र आवेदन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा देखिएको तरलता अभावलाई कम गर्न ४० अर्ब रुपैयाँको ‘आउट रिज पर्चेज’ जारी गरेकोमा न्युन मात्रामा बैंक तथा वित्तीय संस्थाको आवेदन परेको छ । ४० अर्ब रुपैयाँ तरलता बजारमा ल्याएकोमा रितपूर्वक २ अर्ब रुपैयाँ जतिको मात्र आवेदन आएको नेपाल राष्ट्र बैंक राष्ट्र ऋण विभागका कार्यकारी दिर्नेशक त्रिलोचन पंगेनीले जानकारी दिए । ‘जम्माजम्मी ९ अर्ब ५६ करोड रुपैयाँको आवेदन आएको थियो,’ उनले भने, ‘त्यसमध्ये २ अर्ब रुपैयाँ जतिको मात्र रितपूर्वक आवेदन आएको छ ।’

पंगेनीका अनुसार राष्ट्र बैंकले अन्तरबैंक ब्याजदरभन्दा कममा आवेदन दिनेलाई उक्त तरलता उपलब्ध गराउने छैन । हाल बैंकहरुले ११ प्रतिशतसम्ममा निक्षेप संकलन गरिरहेको अवस्थामा राष्ट्र बैंकले जारी गरेको ऋणपत्र ४ प्रतिशत ब्याजदरमा पनि नलिएको उनको भनाइ छ । हाल अन्तरबैंक ब्याजदर ३ दशमलव ७४ प्रतिशत रहेको छ । तर, बैंक वित्तीय संस्थाले राष्ट्र बैंकले जारी गरेको तरलतामा सोभन्दा पनि कम ब्याजदरमा बोलपत्र हालेका छन् ।

बैंक तथा वित्तीय संस्थाले तरलता अभाव भएको भनेपनि वास्तविकता अर्कै रहेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । ‘यदि बैंक वित्तीय संस्थामा तरलता अभाव भएको भए ४ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्न मिल्ने रकम दिँदा किन लिएनन् ?,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘हाल बजारमा तरलता अभावको बाहान मात्र भएको छ ।’ राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता बजारमा ल्याउँदा तत्काल उत्पन्न भएको समस्या समाधान हुने विश्वास लिएपनि बैंकहरुले त्यसलाई चासो दिएनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL