Logo

आस्वाको लागि अधिकतम १ सयदेखि २५० सम्म लिन सकिने, यस्तो छ फारम ढाँचा

आस्वाको लागि अधिकतम १ सयदेखि २५० सम्म लिन सकिने, यस्तो छ फारम ढाँचा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कुनै पनि कम्पनीको सार्वजनिक निष्काशनमा अवदेखि आस्वा प्रणाली लागू हुने भएको छ । जस अन्तरगत माघ ९ गते सार्वजनिक निष्काशन गर्न लागेको फरवार्ड कमोडिटी वित्तीय संस्थाको लागि आस्वा प्रणाली लागू हुने भएको छ ।

आस्वा प्रणाली अन्तरगत साधारण सेयरमा आवेदन दिनका लागि आवेदकले १ सय रुपैयाँदेखि २ सय ५० रुपैयाँसम्म शुल्क बुझाउनुपर्ने हुन्छ । सार्वजनिक निष्काशन सम्बन्धी निर्देशिका २०७३ अनुसार ५० हजार रुपैयाँभन्दा तलको आवेदन दिदा प्रति फर्म १ सय रुपैयाँ र सोभन्दा माथीको आवेदन दिँदा २ सय ५० रुपैयाँसम्म लिन सकिने छ । तर, बोर्डले अधिकतम शुल्क निर्धारण गरेकाले बैंक तथा वित्तीय संस्थाले प्रतिस्पर्धाका आधारमा सोभन्दा कमा पनि आवेदन लिन सक्ने बोर्डको भनाई छ ।

बोर्डका अनुसार हालसम्म आस्वा प्रणाली आन्तरगत विभिन्न ३० वटा बैंक वित्तीय संस्थाबाट फारम भर्न सकिने छ । आस्वा लागू भएसँगै देशका ७३ जिल्लाबाट साधारण सेयरका लागि आवेदन लिन सकिनेछ । २१ वटा वाणिज्य बैंक र ९ वटा विकास बैंकका कुल १ हजार ५ सय ७ वटा काउन्टरबाट आवेदन दिन सकिने छ । यो व्यवस्था लागू भएसँगै सेयर आवेदनको लागि दिनभर लाइन बस्नुपर्ने बाध्यता हट्नुका साथै देशभरबाट उल्लेखनीय रुपमा सहभागी हुने बोर्डको विश्वास छ ।

आस्वा प्रणाली अन्तरगत आवेदन दिनका लागि बोर्ड नयाँ ढाँचाको फारम समेत उपलब्ध गराएको छ । उक्त फारममा आफ्नो व्यक्तिगत विवरणका साथै आफुले आवेदन दिने कित्ता उल्लेख गरि सेयर भर्न सकिने छ । आफुले आवेदन गर्न लागेको रकम वरावर पैसा सम्बन्धित बैंकले नै खातामा रोक्का गरेर राख्ने छ ।

यस्तो छ फारमको ढाँचा

sabaa_form

प्रतिक्रिया दिनुहोस्
MBL