Logo

चुक्ता पूँजीमा कृषि विकास बैंक अगाडी, १२ बैंकको पाँच अर्ब ‘क्रस’ (सुचीसहित)

चुक्ता पूँजीमा कृषि विकास बैंक अगाडी, १२ बैंकको पाँच अर्ब ‘क्रस’ (सुचीसहित)


बिजखबर संवाददाता
378
Shares

काठमाडौं । चुक्ता पूँजीका आधारमा कृषि विकास बैंक सबैभन्दा धनी बैंकको रुपमा देखिएको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको वित्तीय संस्थाहरुको पुष महिनासम्मको चुँक्ता पूँजीको आधारमा १० अर्ब ३७ करोड ४४ लाख रुपैयाँसहित कृषि विकास बैंक ‘क‘ वर्गका वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै चुक्ता पूँजी भएको बैंकको सुचीमा पहिलो स्थानमा रहेको हो । कृषि विकास बैंकमा नेपाल सरकारको ऋाण स्वामित्व रहँदा तत्कालका लागि सवैभन्दा बढी चुक्ता पूँजी देखिन गएको हो ।

कृषि विकास पछि निजी क्षेत्रको नेपाल इन्भेष्टमेण्ट बैंक रु. ८ अर्ब ७० करोड चुक्ता पूँजी सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा राष्ट्रिय वाणिज्य बैंक छ, जसको चुक्ता पूँजी रु. ८ अर्ब ५८ करोड रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कका अनुसार यी तीन बैंकसहित कुल १२ ओटा बैंकको चुक्ता पूँजी पाँच अर्ब भन्दा माथि छ । जसमध्ये नेपाल बैंक लिमिटेड( रु. ६ अर्ब ४९ करोड), नबिल बैंक(रु.६ अर्ब १८ करोड), सिटिजन्स बैंक इण्टरनेशनल( रु. पाँच अर्ब तीन करोड), सनराइज बैंक( रु. पाँच अर्ब ३० करोड), सानिमा बैंक( रु. पाँच अर्ब ३० करोड), एनआईसी एसिया बैंक( रु. पाँच अर्ब ८१ करोड), ग्लोबल आइएमई बैंक( रु. ६ अर्ब १६ करोड), एनएमबी बैंक( रु. पाँच अर्ब ४३ करोड), प्रभु बैंक( पाँच अर्ब ८८ करोड) रहेका छन् ।

bank_paid_of_capital

प्रतिक्रिया दिनुहोस्
MBL