Logo

नेपाल लाईफको एफपीओमा पौने १२ गुणाबढी आवेदन, आइतबार मात्रै पौन ३७ अर्ब पर्यो

नेपाल लाईफको एफपीओमा पौने १२ गुणाबढी आवेदन, आइतबार मात्रै पौन ३७ अर्ब पर्यो


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सको फरदर पब्लिक अफरिङ (एफपीओ) मा झण्डै १२ गुणा बढी आवेदन परेको छ । कम्पनीले कुल ४ अर्ब ४१ करोड २४ लाख रुपैयाँ बरावरको एफपीओ जारी गरेकोमा ५२ अर्ब २४ करोड रकम बरावरको आवेदन परेको कम्पनीको विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडमा मर्चेन्ट बैंकिङ प्रमुख सुजन बाबु आधिकारीले जानकारी दिए ।

कम्पनीले पुस २७ गतेदेखि एफपीओका लागि आवेदन माग गरेको थियो । प्रतिकिक्ता १४२५ रुपैयाँ प्रिमियम मूल्यमा आवेदन माग गरिएको सो एफपीओमा पहिलो ३ दिनमा १५ अर्ब ५० करोड रुपैयाँको आवेदन परेको थियो । तर, आइबार मात्र ३६ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको आवेदन आएको उनले जानकारी दिए ।

शरुको ३ दिनमा कुल १ लाख १० हजार जनाले एफपीओका लागि आवेदन दिएका थिए । तर, अन्तिम दिन अर्थात आइतबार मात्र ८ गुणा बढी आवेदन परेको अधिकारीले जानकारी दिए । आइतबार मात्रै १ लाख ४२ हजार जनाले आवेदन दिएका थिए । आइतबार विशेष गरी ठूला लगानीकर्ताले आवेदन दिएका छन् । १ लाख १० हजार जनाले साढे १५ अर्ब रुपैयाँको आवेदन दिएकोमा आइतबार १ लाख ४२ हजार जनाले ३६ अर्ब ७४ लाख रुपैयाँका लागि आवेदन दिएका छन् ।

कम्पनीले कुल १ सय १८ वटा केन्द्रबाट आवेदन संकलन गरेको थियो । लगानीकर्ताको सुविधाको लागि कम्पनीले देशभरबाटै एफपीओको आवेदन लिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL