Logo

सिएनआईले माग्यो पूर्वाधार आइडिया, लगानी जुटाउने अवसर

सिएनआईले माग्यो पूर्वाधार आइडिया, लगानी जुटाउने अवसर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । तपाँईसंग पूर्वाधारमा लगानी गर्ने आइडिया छ ? अथवा लगानीयोग्य पूर्वधार योजनाका लागि प्लेटफर्मको खोजीमा हुनुहुन्छ? यदी छ भने तपाँईलाई त्यो अवसर मिल्ने भएको छ ।

नेपाल उद्योग परिसंघ (सिएनआइ)ले पूर्वाधार विकास सम्वन्धी इनोभेटिभ आइडिया मागेको छ । सिएनआइले यातायत,सिंचाई, उर्जा, सूचना प्रविधि , जलविद्युतलगायत क्षेत्रमा नयाँ आइडिया लिएर आउनेलाई लगानी खोज्न सहयोग गर्ने छ ।

सिएनआइले प्राप्त लगानीका आइडियामध्ये राष्ट्रको विकासमा सहयोग गर्ने इनोभेटिभ, सृजनशिल तथा दिगो प्रकारका आइडियालाई विशेष प्राथमिकतामा राख्ने बताएको छ ।

सिएनआइमा प्राप्त ‘विजनेश आइडिया’ मध्ये १० ओटा उत्कृष्ट आइडिया छनौट गरिने छ । छनौट भएका आइडियाहरुलाई नेपाल पूर्वाधार सम्मेलन २०१७ मा प्रस्तुतीको अवसर समेत दिइने सिएनआइले जानकारी दिएको छ । सम्मेलन फेवरअरी १९ र २० मा हुँदै छ । जसमध्येबाट उत्कृष्ट ३ वटालाई पुरस्कृत गरिने छ । त्यसैगरी आइडिया स्टुडियो नामक कम्पनीले सञ्चालन गर्ने राष्ट्रिय स्तरको कार्यक्रममा सहभागी हुन सक्नेछन् ।

विशेषगरी स्थानीय वा राष्ट्रिय स्तरमा फाइदा पुर्याउने तथा नीति नियमसँग सम्वन्धित आइडियाहरुलाई विशेष प्राथमिकता दिइने छ ।
सिएनआइले आइडिया स्टुडियोको सहयोगमा ‘इनफ्रास्टक्चर आइडिया हन्ट’ नामक क्याम्पेन चलाएको हो ।

नयाँ तथा सृजनशील व्यवसाय योजना भएका युवाहरुलाई आफ्नो क्षमता देखाउन मंच उपलब्ध गराउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरेको हो । इच्छुकले आफ्नो आइडियालाई डब्लुडब्लु डब्लु डट नेपालइन्फ्रास्टक्चर डट कममा जनवरी २७ सम्म पठाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL