Logo

अनलाइन प्रणालीमा उद्योग विभाग, उद्योग दर्तामा रोकिएला भ्रष्टाचार ?

अनलाइन प्रणालीमा उद्योग विभाग, उद्योग दर्तामा रोकिएला भ्रष्टाचार ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइतवारदेखि उद्योग विभाग अनलाइन प्रणालीमा गएको छ । आज मन्त्रालयमा आयोजीत एक कार्यक्रमवीच उद्योग मन्त्री नवीन्द्रराज जोशीले अनलाइन प्रणालीको शुभारम्भ गरे । सो अवसरमा उनले उद्योग मन्त्रालय अन्तर्गतका सवै निकायको सेवालाई छिटो, छरितो र पारदर्शी बनाउने योजना अनुरुप विभागको सेवा अनलाइन प्रणालीमा दिन लागेको जानकारी दिए ।

यसैगरी मन्त्रालय अन्तर्गतका सवै निकायलाई विस्तारै अनलाइन प्रणालीमा लैजाने लक्ष्य उनको छ । ‘उद्योग विभाग, कम्पनी रजिष्ट्रार, गुणस्तर विभागलगायतमा जनगुनासो बढी आएको छ,’ उनले भने , ‘त्यहाँका सेवालाई पारदर्शी बनाई भ्रष्टाचारलाई शुन्यमा झार्ने उद्देश्य अनुरुप लागेको छु ।’

त्यस्तै दोश्रो चरणमा विभागमा सिसिटीभी जडान गरिने मन्त्री जोशीले जानकारी दिए । उनका अनुसार मन्त्रालय अन्तर्गतका निकायहरुमा प्रविधिको अघिकतम प्रयोग गरेर अघि बढीने छ ।

सो अवसरमा उद्योग विभागका महानिर्देशक प्रदिप कोइरालाले विभागले प्रदान गर्ने ३ प्रकारका सेवा अनलाइनबाट दिन शुरु गरिएको जानकारी दिए । उनका अनुसार विभागले विदेशी लगानी स्वीकृति, विजनेश भिषा र उद्योग दर्ता अनलाइनबाट गर्न थालिएको हो । विदेशी लगानी तथा भिषाका लागि अनलाइनबाट एप्लिकेशन दिन सकिन्छ ।
आजबाट अनलाइन प्रणाली शुरु भएपनि करिव ४ महिनासम्म कागज पनि पेस गर्नुपर्ने उनले जानकारी दिए । अनलाइन प्रणाली सञ्चालनमा आएपछि विदेशी लगानी दर्ताको प्रक्रिया कम्तिमा एक हप्ताभित्र पुरा हुने छ ।

विभागलाई पूर्ण स्वचालित प्रणालीमा लैजाने उद्देश्यसहित अनलाइन प्रणाली सञ्चालनमा ल्याइएको हो । स्वचालित प्रणाली अनुसार प्रत्यक्ष विदेशी लगानी स्वीकृति, उद्योग दर्ता, व्यावसायीक भिसा सिफारिस तथा प्रारम्भिक वातावरणीय मुल्याङ्कन (आईई)को काम पनि अनलाइनबाटै पुरा हुनेछ । विस्तारै उद्योगको क्षमता विस्तार तथा नविकरणलगायत काम पनि अनलाइनबाटै गर्न सकिने कोइरालाले जानकारी दिए ।

त्यसैगरी विभामा फाइलको अन्तिम स्वीकृतिका लागि अव महानिर्देशकको स्वीकृति लिनुपर्ने नियम हटाएको छ । जसअनुसार सम्वन्धित शाखा निर्देशकले फाइल स्वीकृति लिन सक्नेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL