Logo

फेरी पनि उस्तै आश्वासन, भारु साट्न पुगेको टोली अलमलमै फर्किए

फेरी पनि उस्तै आश्वासन, भारु साट्न पुगेको टोली अलमलमै फर्किए


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालीसँग रहेको प्रतिबन्धित पाँच सय र एक हजारको भारतीय रुपैयाँ (भारु) सटही सम्बन्धमा छलफल गर्न गएको नेपाली टोली त्यतिकै फर्कन बाध्य भएको छ । भारतको वित्त मन्त्रालय तथा भारतीय रिजर्ब बैंकका प्रतिनिधिसँग छलफल भएपनि कुनै निष्कर्ष नआएको नेपाली वार्ता टोलीका संयोजक तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले बताए ।

सटहीका लागितो किएको समय सकिए पछि यस विषयमा छलफल गर्न भारले नेपाललाई बोलाएको थियो । तर, भारु सटहीको लागि छलफल भनिए पनि औपचारिक भेटघाट मात्र भएको नेपाली टोलीको भनाइ छ । छलफलका क्रममा भारतीय टोलीले नेपालीसँग रहेको भारु सटहीका लागि माथिल्लो निकायसँग छलफल गर्ने बताएको शिवाकोटीले जानकारी दिए । ‘हामीसँगको छलफलमा भारतीय टोलीले माथिल्लो निकायसँग थप छलफल गर्छौं भनेका छन्,’ उनले भने, ‘सटही हुन्छ वा हुँदैन भन्ने विषयमा कुनै जानकारी दिएका छैनन् ।’ अहिलेको अवस्थामा साटिने वा नसाटिने सम्भावना ५०÷५० प्रतिशत रहेको समेत उनले बताए ।

भारु सटही सम्बन्धमा नेपाली टोली बिहीबार भारत प्रस्थान गरेको थियो । शिवाकोटीको नेतृत्वमा गएको टोलीले भारु सटहीका लागि नेपालले तयार पारेको मोडल समेत प्रस्तुत गरेको थियो । उनीहरुले नेपालीलाई २५ हजार रुपैयाँका दरले प्रतिबन्धित ५ सय र १ हजारका भारु सटही सुविधा दिन आग्रह गरेका थिए । शिवाकोटीको नेतृत्वमा गएको टोलीमा राष्ट्र बैंकका विदेशी विनिमय विभागका प्रमुख भिष्म ढुङ्गाना, अर्थमन्त्रालयका अनन्त ढकाल र परराष्ट्र मन्त्रालयका दुई जना प्रतिनिधि रहेका थिए ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंकिङ प्रणालीमा ३ करोड ६० लाख ९० हजार भारु छ । तर, बैंकिङ प्रणालीभन्दा बाहिर झण्डै १५ अर्ब रुपैयाँ भारु रहेको सम्बद्ध सरोकारवालाहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL