Logo

भारु सटहीका लागि नेपाली टोली भारत प्रस्थान, भारत होला त सहमत ?

भारु सटहीका लागि नेपाली टोली भारत प्रस्थान, भारत होला त सहमत ?


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नेपालीसँग रहको प्रतिवन्धित ५ सय र १ हजारका भारतीय रुपैयाँ सटहीका लागि नेपाली टोली भारत प्रस्थान गरेका छन् । प्रतिवन्धित भारु सटहीका लागि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीको नेतृत्वमा नेपाली टोली भारत प्रस्ताव गरेका हुन् ।

नेपाली टोलीले भारु सटहीका सम्बन्धमा भारतका वित्त मन्त्रालयका टोली र भारतीय रिजर्व बैंकका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम रहेको छ । गत हप्ता भारतले भारु सटही सम्बन्धमा छलफल गर्न पत्राचार गरसँगै नेपाली टोली गएको हो । आज भारत प्रस्थान गरेका नेपाली टोलीमा सिवाकोटीका साथै राष्ट्र बैंकका विदेशी विनिमय विभागका प्रमुख भिष्म ढुङ्गाना, अर्थमन्त्रालयका अनन्त ढकाल र परराष्ट्र मन्त्रालयका दुई जना प्रतिनिधि रहेका छन् ।

उनीहरुले नेपालीसँग रहेका भारु सटहीका लागि एउटा मोडालिटी बनाएर भारतीय प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम रहेको छ । हाल नेपालीसँग ५ सय र १ हजारका कति भारतीय रुपैयाँ छ भन्ने एकिन नभएकाले नेपालको कानुन अनुसार प्रतिव्यक्ति २५ हजार रुपैयाँ सटही सुविधा दिनेगरी छलफल अघि बढाउन लागिएको नेपाल राष्ट्र बैंकका सह प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । ‘हाम्रो कानुन अनुसार पनि एक व्यक्तिले २५ हजारभन्दा बढी भारु राख्न पाउँदैन,’ उनले भने, ‘सोही अनुरुप हामीले सटही सुविधा माग गर्ने तयारी गरेका छौं ।’

राष्ट्र बैंकले यस अघि भारु सटहीका लागि एउटा छुट्टै मोडालिटी समय तयार गरेर भारतलाई बुझाइसकेको थियो । यदि भारतले सटही सुविधा दिएको खण्डमा डिक्लेरेसन फर्ममा भरेर बैंकमा ५ सय र १ हजार रुपैयाँमा भारु बुझाउनु पर्नेहुन्छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंकिङ प्रणालीमा ३ करोड ६० लाख ९० हजार भारु छ । तर, बैंकिङ प्रणालीभन्दा बाहिर झण्डै १५ अर्ब रुपैयाँ भारु रहेको सम्बद्ध सरोकारवालाहरुको भनाइ छ । विशेषगरी व्यापारी तथा भारतीय रोजगारीमा जाने कामदारसँग त्यस्तो पैसा बढी रहेको दावी छ । भारतले सटही सुविधा दिएपनि २५ हजारभन्दा बढी भारु नसाटिने पण्डितले जानकारी दिए । यदि कसैले २५ हजारभन्दा बढीको भारु सटही दावी गरेमा त्यस्ता व्यक्तिलाई कानुन अनुसार कारवाही गरिने समेत उनको तर्क छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL