Logo

होटल सञ्चालनको उद्देश्यसहित सौरभ विजनेश प्राली सञ्चालनमा आउँदै, साढे १ अर्व लगानी

होटल सञ्चालनको उद्देश्यसहित सौरभ विजनेश प्राली सञ्चालनमा आउँदै, साढे १ अर्व लगानी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सौरभ विजनेश सेन्टर प्रालिले सञ्चालनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले भक्तपुरको वडा नम्वर ३ मा होटल सञ्चालन गर्ने गरी प्रक्रिया थालेको हो । कम्पनी होटल तथा रेष्टुराँ सञ्चालन गर्ने उद्देश्यका स्थापना भएको हो ।

जसअनुसार कम्पनीले मंसिर ७ गते उद्योग विभागमा दर्ता गराएको विभागका अनुमती शाखा अधिकृत रामप्रसाद लुइँटेलले जानकारी दिए । सो होटलको सञ्चालकमा अंकुर न्यौपाने रहेका छन् । त्यस्तै न्यौपाने टावरका सञ्चालक विष्णु न्यौपानेको पनि सौरभ विजनेश सेन्टरमा लगानी रहेको बताइएको छ ।

होटलको कुल पूँजी १ अर्व ५९ लाख रहेको छ । जसमध्ये स्थीर ९८ लाख स्थिर र २ करोड ५७ लाख चालु पूँजी रहेको छ । होटलमा १ सय ६० बेड, ८० ओटा रुम र १ सय ६० रेष्टुराँ सिट रहने बताइएको छ ।

यो शतप्रतिशत स्वदेशी लगानीमा निर्माण हुन लागेको होटल हो । होटल सञ्चालनमा आएसँगै १ सय ६ जनाले रोजगारी पाउने छन् । होटलमा लज रेष्टुराँ बार, क्याफे, क्याटरिङ लगायत सेवा उपलब्ध गराउने बताइएको छ । त्यसैगरी साथै सभा, सम्मेलन तथा सेमिनारहरु पनि होटलमा आयोजना गर्न सकिने बताइएको छ ।

स्वदेशी तथा विदेशी पाहुनालाई होटलसम्बन्धी आवश्यक परामर्श तथा सेवा उपलब्ध गराइने छ । त्यस्तै पाहुनालाई खाने,भ्रमण तथा अन्य सेवा उपलब्ध गराइने उल्लेख छ । होटल दैनिक ३ सिफ्टमा सञ्चालनमा आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL