Logo

६ बर्षपछि सुरुङमार्गमा नागढुङ्गा टु नौबिसे, जापानसँग पूरा भयो सम्झौता

६ बर्षपछि सुरुङमार्गमा नागढुङ्गा टु नौबिसे, जापानसँग पूरा भयो सम्झौता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अवको ६ वर्षपछि सुरुङमार्ग हुँदै नागढुङ्गादेखि नौविसेसम्मको यात्रा गर्न पाईने भएको छ । नागढुङ्गा–नौविसेको जामलाई कम गरी दुरी समेत कम गर्ने उद्देश्य अनुरुप निर्माण गर्न लागिएको उक्त आयोजनाको निर्माणकार्य सन् २०२२ सम्ममा सकिने भएको छ ।

साढे २ किलोमिटर उक्त सुरुङमार्ग निर्माणका लागि आजैमात्र जापान सरकारसँग सहुलियत ऋण सम्झौता भएको छ । उक्त सुरुङ निर्माणसँगै घण्टौं जाममा वस्नुपर्ने उक्त सडकखण्ड छोटो अवधिमै पार गर्न किनेछ ।
agrement_japan_nepal

आज अर्थमन्त्रालयमा एक कार्यक्रमबीच उक्त सुरुङमार्ग निर्माणका लागि सम्झौता भएको हो । सम्झौतापत्रमा नेपाल सरकारकोतर्फबाट अर्थ सचिव डा. शान्तराज सुवेदी र जापानी राजदूत मासामी ओगावाले हस्ताक्षर गरेका हुन् । जसअनुसार जापान सरकारले १५ अर्ब ४० करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

सो कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकको उपस्थिती रहेको थियो ।

उक्त सहुलियतपूर्ण ऋणको ब्याजदर शुन्य दशमलव शुन्य १ प्रतिशत मात्र रहने छ । ४० वर्षको अवधिका लागि उपलब्ध गराइएको उक्त सहुलियत ऋणको १० वर्षसम्म कुनै भुक्तानी गर्न नपर्ने अर्थमन्त्रीका संचार विज्ञ त्रिभुवन पौडेलले जानकारी दिए ।

सरकारले सम्झौतासँगै सो सुरुङमार्गको डिपीआर निर्माणका लागि कन्सल्ट्यान्ट नियुक्तका लागि सुचना प्रकाशित गर्ने भएको छ । जस अनुसार ३ महिनाभित्र कन्सल्ट्यान्ट नियुक्त गरी १ वर्षभित्र सो सम्बन्धी सम्पूर्ण कार्य सकिने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL