Logo

अपिको नयाँ कम्पनी दर्ता, १ अर्व ४४ करोड लगानीमा ८ मेवा विद्यूत उत्पादन

अपिको नयाँ कम्पनी दर्ता, १ अर्व ४४ करोड लगानीमा ८ मेवा विद्यूत उत्पादन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले प्रोजेक्ट नम्वर २ अन्तर्गत नयाँ कम्पनी स्थापना गरेको छ । अपिले ८ मेगावाट जलविद्युत उत्पादन गर्ने उद्देश्यका साथ नयाँ कम्पनी स्थापना गरेको हो । कम्पनीले मंसिर २३ गते उद्योग विभागमा कम्पनी दर्ता गराएको विभागका अनुमती शाखा अधिकृत रामप्रसाद लुइँटेलले जानकारी दिए ।

दार्चुलाको धुलीडाडाँमा विद्युत आयोजना स्थापना गर्न कम्पनी दर्ता गरिएको सञ्चालक गुरुप्रसाद न्यौपानेले जानकारी दिए । जसअनुसार अपर नौगरगड स्मल हाइड्रोइलेक्ट्रीक प्रोजेक्ट हाल निर्माणाधिन अवस्थामा छ । सो प्रोजेक्ट रन अफ रिभरमा आधारित छ । आयोजनाको कुल पूँजी १ अर्व ४४ करोड रुपैयाँ रहेको छ । जसमध्ये १ अर्व ४२ करोड रुपैयाँ स्थिर र १ करोड रुपैयाँ चालु पूँजी रहेको छ ।

अपिको पहिलो प्रोजेक्ट अनुसार हाल साढे ८ मेवाको नौगरगड हाइड्रो इलेक्ट्रीक प्रोजेक्ट आयोजना सञ्चालनमा छ । सो नौगरगड सानो हाइड्रोपावर प्रोजेक्टमा १ अर्व ४३ करोड रुपैयाँ लगानी रहेको छ । नौगरगड हाइड्रो इलेक्ट्रीक प्रोजेक्टबाट ५ किलोमिटर दुरीमा आयोजना निर्माणको काम भइरहेको न्यौपानेले जानकारी दिए ।

उनका अनुसार कम्पनीले प्रोजेक्ट २ अन्तर्गत नयाँ कम्पनी दर्ता गरेको हो । सो आयोजना संचालनमा आएसँगै ५२ जनाले रोजगारी पाउने छ ।सो आयोजनाको पावरहाउस समुन्द्रसतहबाट ८ सय ७७ मिटर उचाईमा रहने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL