Logo

जनवरीबाट संचालनमा आउँदै होटल म्यारिओट, १ अर्ब लगानी, ठमेलकै पहिलो ४ तारे चेन

जनवरीबाट संचालनमा आउँदै होटल म्यारिओट, १ अर्ब लगानी, ठमेलकै पहिलो ४ तारे चेन


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । पर्यटकीय गन्तव्य ठमेलमा जनवरी ७ तारिखबाट अन्तरराष्ट्रिय स्तरको चेन होटल संचालनमा आउने भएको छ । अमेरिकी म्यारिओट होटल अन्तरगतको चेनको रुपमा उक्त होटल संचालनमा आउन लागेको हो ।

एमएस ग्रूप अन्तरगत निर्माण भएको सो होटल संचालनका लागि सम्पूर्ण तयारी पुरा भएको छ । होटलालाई जनवरी ७ मा सर्ट ओपनिङ गर्न लागिएको एमएस ग्रूपमा प्रवन्ध निर्देशक शशीकान्त अग्रवालले बताए । ‘यो ठमेलकै पहिलो अन्तरराष्ट्रिय स्तरको चार तारे चेन होटल हुनेछ,’ उनले भने, ‘उक्त होटल संचालनमा आएसँगै समग्र ठमेलकै सोभा बढाउने छ ।’ हाल ठमेलका सस्ता र लोकल खालका होटल मात्र भएको र म्यारिओट संचालनमा आएसँगै विदेशी पर्यटकहरुलाई आकर्षित गर्न सजिलो हुने समेत उनको दावी छ । होटल ठमेलको छाया सेन्टर नजिकै रहेको छ ।

१ अर्ब रुपैयाँमा निर्मित उक्त होटलको पूर्ण संचालन भने जनवरी २५ तारिखबाट हुने भएको छ । हाल होटल संचालनको सम्पूर्ण डेकोरेशन सकिएर आवश्कय कर्मचारी समेत छनौट गरिएको अग्रवालले जानकारी दिए । होटलमा पूर्ण रुपमा एमएम ग्रूपको लगानी भएपनि त्यसको व्यवस्थापन भने म्यारिओटले नै सम्हाल्ने छ । ‘संसारभर म्यारिओटको ६ हजार चेन होटल छन्,’ उनले भने, ‘तर सवै चेनमा उसले लगानी नगरी व्यवस्थापन मात्र सम्हालेको छ ।’ सवै चेनमा एउटै खालको सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप त्यसको व्यवस्थापन, सुरक्षा तथा अन्य सवै काम म्यारिटले नै गर्ने छ । अमेरिकाको म्यारिओटमा सेवाग्राहीले जस्तो सुविधा पाउछन् ठमेलको म्यारियोटमा पनि सोही सुविधा उपलब्ध गराइने उनको दावी छ । तर, सो वापत म्यारिओटले रोयल्टी लैजाने छ ।

साढे २ रोपनी क्षेत्रफलमामा निर्मित सो होटलमा १ सय १५ वेड रुम रहेका छन् । १३ तले सो भवनमा अन्तरराष्ट्रिय स्तरको तारे होटलमा हुने सवै सुविधा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL