Logo

४ वर्षमा वाहिरियो ४१ अर्ब नगद लाभांस, हेर्नुहोस कुन कम्पनीले कति लगे ?

४ वर्षमा वाहिरियो ४१ अर्ब नगद लाभांस, हेर्नुहोस कुन कम्पनीले कति लगे ?


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । विदेशी लगानीका कम्पनीहरुले ४ वर्षमा ४१ अर्ब रुपैयाँभन्दा बढी नगद लाभांस लगेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङक अनुसार आर्थिक वर्ष २०६८/६९ देखि २०७२/७३ सम्म आईपुग्दा विदेशी लगानीका कम्पनीले कुल ४१ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ लाभांस लगेका छन् ।

राष्ट्र बैंकका अनुसार विदेशी लगानीका कम्पनीले आर्थिक वर्ष २०६८/६० मा १० अर्ब ३५ करोड ८८ लाख रुपैयाँ नगद लाभांल लगेको देखिन्छ । जसमध्येको ८ अर्ब ३६ करोड रुपैयाँ रकम भने एनसेललाई चालू आर्थिक वर्षमा मात्र स्वीकृति दिएको हो ।

त्यसयता विदेशी लगानीका कम्पनीहरुले वार्षिक रुपमा ११ अर्ब रुपैयाँसम्म नगद लाभांस लगेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । विदेशी कम्पनीले बढी लाभांस लैजाने भएपनि आव २०६८/६९ पश्चात एनसेलले लाभांस नगलेकाले कम देखिएको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । नविल बैैंक र अन्य केही कम्पनीले भने आर्थिक वर्ष २०७२/७३ को नाफाबाट समेत लाभांस लगिसकेका छन् ।

सो अवधिमा उत्पादन मुलक, टेलिकम तथा जलबिद्युत कम्पनीले ३१ अर्ब ९५ करोड ६६ लाख रुपैयाँ लाभांस लिएर गएका छन । यसैगरी ५ बाणिज्य बैंकले ३ अर्ब ५३ करोड ५३ लाख रुपैयाँ लिएर गएका छन् भने अन्य समुहका विदेशी लगानीका कम्पनीले ५ अर्ब ८६ करोड ३२ लाख रुपैयाँ लगेका छन् ।

सो अवधिमा सवैभन्दा बढी लाभांस सुर्य नेपाल, हिमाल पावर र एनसेलले लगेको छ । ४ वर्षमा सुर्य नेपालले ८ अर्ब ७६ करोड २० लाख रुपैयाँ नगद लाभांस लगिसकेको छ । यसैगरी हिमाल पावरले ८ अर्ब ४६ करोड ८८ लाख रुपैयाँ लगेको छ भने ४ वर्षको अवधिमा आव २०६८/६९ को मात्र लाभांस लैजान स्वीकृति पाएको एनसेलले पनि ८ अर्ब ३६ करोड रुपैयाँ लगेको छ ।

यस्तै गोर्खा ब्रुअरीले ३ अर्ब २१ करोड रुपैयाँ र युनिलिभरले १ अर्ब ८२ करोड रुपैयाँ लगेका छन् ।

बैंकिङ क्षेत्रमा सवैभन्दा बढी नविल बैंकले १ अर्ब ८५ करोड रुपैयाँ लगेको छ भने स्ट्याण्डर्ड चार्टड बैंकले १ अर्ब ३९ करोड रुपैयाँ लगेको तथ्याङ्कले देखाउँछ ।

foreign_investment_devident
foreign_investment_devident

प्रतिक्रिया दिनुहोस्
MBL