Logo

प्रधानमन्त्रीले गरे चन्द्रागिरी केवलकारको उद्घाटन, ढकालले भने, १२ वर्षको सपना पुरा भयो

प्रधानमन्त्रीले गरे चन्द्रागिरी केवलकारको उद्घाटन, ढकालले भने, १२ वर्षको सपना पुरा भयो


रक्षा रेग्मी
27
Shares

काठमाडौं । चन्द्रागिरी केवलकारको औपचारिक उद्घाटन भएको छ । चन्द्रागिरी हिल्स लिमिटेडद्वारा निर्मित सो केवलकारको प्रधानमन्त्री पुष्पकमल दाहालले आज एक कार्यक्रमबीच औपचारिक उद्घाटन गरेका हुन् ।
chandra_dhakal

कार्यक्रममा प्रधानमन्त्री दाहालले निजी क्षेत्रले केवलकार सहितको आकर्षक पर्यटकीय गन्तव्य निर्माण गरेर सरकार र कर्मचारीलाई चुनौति दिएको बताए । ‘भिजन र इच्छाशक्ति भयो भने त्यसमा विज्ञान र प्रविधि तथा पूँजी लगानी गरेर ‘मिराकल’ बनाउन सकिन्छ,’ उनले भने, ‘चन्द्रागिरी यसकै एक उदाहरण हो ।’ साथै, नेपालमा चन्द्रागिरीजस्ता पर्यटकीय गन्तव्य धेरै निर्माण गर्न सकिने र सो कार्यका लागि निजी क्षेत्र र सरकार सहकार्य गरेर अघि बढ्ुनपर्ने उनको भनाइ थियो ।
chandragiri

कार्यक्रममा चन्द्रागिरी हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले केवलकार तथा त्यहा निर्माण भएका संरचनाले विदेशी पर्यटकको नेपाल वसाइलाई थप १ दिन लम्ब्याउन सकिने बताए । ‘यो काठमाडौंबाट घुम्न जानको लागि नजिनको आकर्षक गन्तव्य हो,’ उनले भने, ‘जहाँ स्वदेशी तथा विदेशी पर्यटकले आनन्द लिन सक्नेछन् ।’

यसैगरी चन्द्रगिरी हिल्सका अर्का लगानीकर्ता तथा भाटभटेनी समुहका अध्यक्ष तथा प्रवन्ध संचालक मिनवहादुर गुरुङले आफुहरुले पत्थरजस्तो डाडालाई कुँदेर कलात्मक बनाएको बताए । ‘आफ्नो देश आफैले बनाउने हो विदेशी आएर बनाइदिदैन,’ उनले भने, ‘अव नेपाली युवाले विदेशमा होइन स्वदेशमै पसिना बनाउनु पर्छ ।’
chandragiri_cablecar

यसैगरी आइएमई ग्रूपका उपाध्यक्ष तथा चन्द्रागिरी हिल्सका संचालक हेमराज ढकालले आफलेु १२ अघि मलेशिया पुग्दा देखेको सपनालाई साकार पार्न सफल भएको बताए । ‘१२ वर्ष पहिला मलेशिया पुग्दा त्यहाँको जस्तो केवलकार नेपालमा पनि संचालन गर्ने सोच बनाएको थिए,’ उनले भने, ‘आज आएर त्यो सपना पुरा भएको छ । काठमाडौंको होहल्लामा वरिसकेका जनतालाई आनन्द दिलाउनका लागि नजिकैको स्थानमा आफुलेहरुले केवलकार तथा मनोरञ्जन स्थल संचालनका ल्याएको समेत उनले बताए ।
chandragiri
धार्मिक र पौराणिक महत्व बोकेको उक्त चन्द्रगिरीमा केवलकारबाट हालसम्म २ लाख २५ हजार आन्तरिक तथा वाह्य पर्यटक घुम्न पुगेको अर्का संचालक तथा हाथ्वे इन्भेष्टमेन्ट नेपालका प्रवन्ध निर्देशक अम्विकाप्रसाद पौडेलले जानकारी दिए । साथै उनीहरुबाट कम्पनीले १४ करोड रुपैयाँ आम्दानी गरेको छ ।

अवका दिनमा निजी क्षेत्रलाई अनुदान नभई अवसर चाहिएको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाले बताइन् । ‘सरकाले साथ दिनुपर्छ निजी क्षेत्र चन्द्रागिरीजस्ता धेरै पर्यटकीय गन्तव्य तथा पूर्वाधार निर्माण गर्न सक्षम छन्,’ उनले भनिन्, ‘चन्द्रागिरी निजी क्षेत्रले निर्माण गरेको एक नयाँ पर्यटकीय गन्तव्य हो ।’
bhaleshwor_tample

चन्द्रागिरीलाई शक्तिपीठ, केबलकार, मनोरञ्जन, चिल्ड्रेन पार्क र अन्य आकर्षणले दृष्यले रोमाञ्चक बनाएको छ । अहिलेसम्म केही मानिस मात्र हाइकिङका लागि पुग्ने चन्द्रागिरीमा केवलकार संचालनमा आएसँगै घुम्न जानेको लर्को लाग्न थालेको छ ।

चन्द्रागिरी अर्थात सतीदेवीको निधार पतन भएको ठाउँ । सत्ययुगमा भगवान महादेवले सतीदेवीको लास बोकेर हिड्दा भाल अर्थात निधार पतन भएको स्थान हो चन्द्रागिरि जहाँ उत्पन्न भएको ज्योतिर्लिंगलाई भालेश्वर महादेव भनिन्छ ।

त्यतीमात्र होइन, त्यसबेला गोर्खाली राजा पृथ्वीनरायण शाहले ससुराली मकवानपुरबाट फर्किंदा त्यही चुचुरोबाट काठमाडौं उपत्यका देखेपछि यसलाई गोर्खा साम्राज्यको राजधानी बनाउने सपना देखेका थिए । जुन स्थललाई धार्मिक तथा पौराणिक महत्वको रुपमा हेरिएको छ ।

चन्द्रागिरि डाँडा धार्मिक र ऐतिहासिक महत्व बोकेको र प्राकृतिक सौन्दर्यले भरीपूर्ण रमणीय स्थल हो । जहाँ केवलकारको माध्यबाट साढे २ किलोमिटरको दुरी १२ मिनेटमै पुग्न सकिन्छ ।

यस्तो छ केवलकार !

चन्द्रागिरीको केवलकारको विशेषता भनेको यसको स्पिड बढाउने वा घटाउने हो । यात्रुले विस्तारै यात्रा गर्न चाहेको अवस्थामा स्लो मुडमा राख्न सकिन्छ । त्यस्तै शारिरीक रुपमा अशक्तहरुका लागि लागि ह्वीलचियरको समेत व्यवस्था गरिएको छ ।

केवलकारको विशेषता सेन्सर रिड गर्ने क्षमता पनि हो । केवलकार हावाको बहाव बढी हुँदा पनि रोकिन्छ । कम्पनीले हाल ३८ ओटा गोन्डोला सञ्चालनमा ल्याएको छ । गोन्डोलामा ८ जना अटाउँछ । त्यस्तै त्यहँँ चल्ने केवलकारमा एक घण्टामा १ हजार जना माथि लैजाने क्षमता छ ।

कम्पनीले केवलकार शुल्क सर्वसाधारणका लागि ७ सय रुपैयाँ लिने गरेको छ । त्यस्तै ३ फिटसम्मका बच्चाका लागि निःशुल्क र ३ देखि ४ फिटको बच्चालाई ४० प्रतिशत छुटको व्यवस्था गरेको छ । कम्पनीले स्थानीय र विद्यार्थीलाई आफ्नो परिचय पत्र देखाएको अवस्थामा २५ प्रतिशत छुट दिने गरेको छ । सार्क राष्टका नागरिकका लागि ७ सय भारु र अन्य राष्ट्रका नागरिकका २२ अमेरिकी डलर शुल्क लिदै आएको छ ।

केवलकारको बटन स्टेशनमा ३ सय मोटरसाइकल र ३ सय कार पार्किङ क्षमता छ । अन्य सुविधामा रेष्टुराँ, कफि शप, व्राण्डेड स्टोरलगायत छन् । त्यस्तै चन्द्रागिरीमा उचच स्तरको सभाहल पनि निर्माण भइसकेको छ । यसैगरी उपत्यकाको मनोरम दृश्य अवलोकनका लागि टप स्टे्नमा भ्यु टावर समेत निर्माण गरिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL